नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11134 · वि.सं. २०८०

नि.नं. 11134 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

पर्याप्त रूपमा सुसूचित भएर निर्णय गर्न सक्ने परिपक्वता नाबालिगमा रहेको नहुने । नाबालकमा यौनसम्पर्कको जोखिम र परिणामको पर्याप्त बुझाइ र मूल्याङ्कन गर्ने क्षमताको समेत कमी रहने । नाबालकको यौन शोषण भएको अवस्थामा सुरक्षात्मक भूमिका खेली यौन शोषकबाट बचाउन र सहमतिमा करणी भएको अवस्था भएमा पनि दण्डनीय भूमिका खेली नाबालकलाई स्वयंबाट जोगाउन कानूनले नाबालकउपर हुने करणीको कसुरलाई कठोर दायित्वको कसुरअन्तर्गत राखेको देखिन्छ । यसर्थ नाबालिगसँगको यौन सम्बन्धमा सहमति थियो भन्नुको कुनै अर्थ नरहने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11134
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2078/11/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
मुद्दा नं.०७५-CR-०४७५
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11134
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्