नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11135 · वि.सं. २०८०

नि.नं. 11135 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

चेक अनादरको विषय हाल बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) अन्तर्गतको कसुरको साथै विनिमेय अधिकार पत्र ऐन, २०३४ को दफा १०७क. अन्तर्गतसमेत व्यक्तिवादी फौजदारी मुद्दा चल्ने व्यवस्था रहेकोमा चेक अनादर मुद्दामा व्यक्ति व्यक्ति हुँदा मिलापत्र हुन सक्ने । संस्थाको नामको चेक भएको अवस्थामा संस्था र व्यक्तिले मिलापत्र गर्न चाहेमा मिलापत्र हुन नसक्ने भन्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय न्यायमा समान स्थितिमा रहेका व्यक्तिहरूबिच असमान व्यवहारको स्थिति देखिने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11135
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2080/03/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री कुमार रेग्मी
मुद्दा नं.०७८-WO-०१९८
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11135
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्