सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १३ / ४४०

नि.नं. 11230वि.सं. २०८१संयुक्त इजलास

उत्प्रेषण

संविधान तथा कानूनमा निर्धारित आधार र प्रक्रिया अपनाई सरकारले सरकारी सेवामा कार्यरत कर्मचारीको समायोजन गर्न सक्ने । कर्मचारीको माग, आवश्यकता र मनोवृत्तिलाई समेत दृष्टिगत गरी न्यायोचित तवरबाट समायोजन गर्नु सम्बन्धित निकायको दायित्व हुने । कायम भइसकेको पद, नाम र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11229वि.सं. २०८१संयुक्त इजलास

लागु औषध ब्राउन सुगर

प्रतिवादीको साथबाट लागु औषध बरामद हुनुलाई मात्र लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिमको सजाय गर्नको लागि पर्याप्त आधार मान्न नमिल्ने । सेवनबाहेक अन्य प्रयोजनको लागि प्रतिवादीहरूले साथमा लिई हिँडेका हुन् भन्ने तथ्य स्थापित हुनुपर्ने । (प्रकरण नं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11228वि.सं. २०८१संयुक्त इजलास

परमादेश

जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३४ मा अधिग्रहणको उद्देश्यमा प्रयोग नभएमा त्यसरी अधिग्रहण गरिएको जग्गा साबिकको जग्गाधनीलाई फिर्ता गर्नुपर्ने भन्ने व्यवस्था जुन उद्देश्यका लागि अधिग्रहण गरिएको हो, सो उद्देश्यमा एक पटक पनि प्रयोग नहुँदाको अवस्थालाई इङ्गित गरेको दे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11227वि.सं. २०८१संयुक्त इजलास

अंश दर्ता चलन

अंश पैतृक सम्पत्ति वा सोबाट बढे बढाएको सम्पत्ति वा सगोलका अंशियारहरूको सामूहिक लगानी प्रयत्न वा मेहनतको कमाईबाट आर्जित सम्पत्ति सगोलको सम्पत्ति भई बन्डा लाग्ने । अमुक सम्पत्ति आर्जनको अवस्था, आर्जन हुन सक्ने स्रोतको मूल्याङ्कन, परिवारका विभिन्न सदस्यका नाममा आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11226वि.सं. २०८१पूर्ण इजलास

उत्प्रेषण / परमादेश

राजमार्ग (निर्माण व्यवस्था) ऐन, २०२१ अन्तर्गत राजमार्ग क्षेत्र घोषित जग्गाको हकमा साधारणत: क्षतिपूर्ति पाउन सक्ने भनी मान्नुपर्ने । न्यायको दृष्टिबाट पनि सो ऐनअन्तर्गत राजमार्ग क्षेत्र घोषित भई निर्माणाधीन अवस्थामा रहेको पुरानो राजमार्गहरूमा पर्ने जग्गामा अब य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11225वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

जिउनीबापत पाएको सम्पत्ति रजिस्ट्रेसन गरी लिँदा त्यसमा कुनै किसिमले हक हस्तान्तरण गर्न नपाइने भनी सर्त उल्लेख भएकै आधारमा सो जग्गा आफूखुस गर्न पाउने वा बेचबिखन गर्न पाउने हो होइन भन्ने सम्बन्धमा हेर्दा सामान्यत: कानूनबमोजिम दर्ता गर्नुपर्ने वा नपर्ने कुनै पनि ल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11224वि.सं. २०८०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

मुद्दा दोहोर्‍याइपाउँ भन्ने निवेदन दर्ता भई निस्सासमेत प्राप्त भएपश्चात तल्लो तहको फैसला अझै पनि अन्तिम नभई परीक्षणको रूपमा नै रहेको मान्नुपर्ने । तल्लो तहको अदालतबाट फैसला भएकोमा सो मा चित्त नबुझाई सोउपर माथिल्लो अदालतमा सुनुवाइ हुँदा तल्लो तहबाट भएको फैसलाको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11223वि.सं. २०८०संयुक्त इजलास

सरकारी छाप दस्तखत किर्ते

एउटै लिखतका सम्बन्धमा किर्ते जालसाजी ठहराई बिगोबमोजिमको जरिवाना हुने ठहराई लगाउको अर्को मुद्दामा फैसला भइसकेको अवस्थामा पुन: सोही लिखतको सम्बन्धमा चलेको मुद्दाबाट थप छुट्टै जरिवाना गर्नु कानूनसङ्गत नदेखिने । (प्रकरण नं.३) पुनरावेदक/वादी : विद्वान् सहन्यायाधिवक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11222वि.सं. २०८०संयुक्त इजलास

निर्णय बदर गरी छुट जग्गा दर्ता गरिपाऊँ ।

कुनै पनि जग्गामा कुनै पनि व्यक्तिको हक सिर्जना हुनको लागि प्राथमिक र महत्त्वपूर्ण मापदण्ड भनेको उक्त जग्गाको साबिकको स्रोत के कस्तो हो भन्ने नै हेरिनुपर्ने । यसका साथै मुद्दाको उठान कसरी भएको छ भन्ने विषयलाई समेत ध्यान दिनुपर्ने । (प्रकरण नं. ४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11221वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

कुनै एक व्यक्तिलाई अन्य प्रतिवादीहरूसँग यसलाई मार्नुपर्छ भनी मिटिङ बसी अन्य व्यक्तिहरूसमेतको संलग्नतामा मृतक आउने बाटो ढुकी मृतकलाई आएपछि मार्नुपर्छ भन्ने पूर्वयोजना र मनसायसहित मृतकलाई खुकुरीजस्तो धारिलो हतियारले एकपटक मात्र नभई पटकपटक प्रहार गरेको र मृतकको म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11220वि.सं. २०८०संयुक्त इजलास

भूकम्प बिमा दाबी

निर्जीवन बिमा (Non-life insurance) दाबीको भुक्तानी मूलतः क्षतिपूरणको सिद्धान्त (Principle of Indemnity) मा आधारित भई गरिन्छ । बिमाको उद्देश्य न नाफा कमाउनु हो न त यो परोपकार (charity) हो । यसको उद्देश्य भविष्यमा हुन सक्ने कुनै अनपेक्षित घटनाबाट हुने जोखिमको भा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11219वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

खुला प्रतिस्पर्धाबाट आउने कर्मचारीलाई सुरू तलबमान दिइने कानूनी व्यवस्था भए तापनि सुरू नियुक्ति लिने गरी खुला प्रतिस्पर्धामा भाग लिने कर्मचारी र निजामती सेवामा कार्यरत कर्मचारीहरूसमेत खुला प्रतिस्पर्धामार्फत नियुक्ति भई आउनसक्ने प्रावधान कानूनमा राखिएको, निजामत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11218वि.सं. २०८०संयुक्त इजलास

आयकर (०५९/०६०)

प्रत्यर्थीरप्रतिवादी स् श्री ठुला करदाता कार्यालय, हरिहर भवन, ललितपुर कुनै कम्पनी खारेजीमा जानु एउटा प्रक्रिया हो तर सो कम्पनीले सञ्चालनमा रहेको अवस्थामा गरेको आय व्ययका आधारमा सम्बन्धित कर कार्यालयले निर्धारण गरेको करयोग्य आय विवरणलाई अन्यथा मान्न नमिल्ने । प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11217वि.सं. २०८०संयुक्त इजलास

सवारी ज्यान

• आफूले सवारी चलाएको कारणबाट मानिस मर्न सक्छ भन्‍ने परिणाम जानीजानी लापरवाही (reckless) गरी सवारी चलाई सो सवारी दुर्घटनाको कारणबाट कसैको मृत्यु भएको अवस्थामा निजको उक्त लापरवाहीपूर्ण कार्य (reckless conduct) दफा 161(2) अन्तर्गतको कसुर हुने। यातायात व्यवस्था ऐन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11216वि.सं. २०८०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

फैसलाबमोजिमको बिगो भरिभराउको लागि परेको निवेदनबमोजिम बिगो माग गर्ने र माग भएको बिगो बुझाउन नसके थुनामा पठाउने कार्य फैसला कार्यान्वयनको एउटा अभिन्न अङ्ग हो । बिगोबापत राखिएको सम्पत्तिबाट बिगो भरिभराउ के कति कारणले असम्भव रहेको भन्ने बेहोरा थुनाको लागि गरिएको आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11215वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण / परमादेश

अदालतले जारी गरेको आदेश बदर नभएसम्म त्यसलाई कानून प्रतिकूल भनी नामकरण गर्ने अधिकार राष्ट्रसेवक कर्मचारीलाई नहुने । नेपालको संविधानबमोजिम नेपालको नागरिक हुन योग्य व्यक्तिको नाममा नेपाली नागरिकताको प्रमाणपत्र जारी भई नसकेकै कारण त्यस्तो व्यक्ति "गैरनेपाली नागरिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11214वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण

कुनै समयमा कुनै समूह वा मन्त्रालयबाट भएको कुनै सहमति विरूद्ध रिटको माध्यमबाट हस्तक्षेप गर्नु उपयुक्त नहुने । कानूनमा गरिने संशोधनको सम्भाव्यतालाई रोक्न माग गरिएको रिट औचित्यपूर्ण र मनासिब नदेखिने । (प्रकरण नं.४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11213वि.सं. २०८०संयुक्त इजलास

चेक अनादर

विनिमेय अधिकारपत्र ऐन, २०३४ अन्तर्गत चलेको चेक अनादर मुद्दामा मुख्य रूपमा चेक काटिएको हो वा होइन ? चेक रीतपूर्वकको छ वा छैन ? र सो चेक बैंकमा पेस भई अनादर भएको हो वा होइन ? भन्नेसम्म हेरिने । वादी र प्रतिवादीबिच के कस्तो कारोबार थियो, कति लिनु वा बुझाउनु बाँकी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11212वि.सं. २०८०संयुक्त इजलास

जालसाजी

कुनै कानूनको व्याख्या गरेर वा कुनै कानूनी सिद्धान्तको आधारमा यस अदालतबाट निर्णय भएको छ भने पछिल्लो समान प्रकृतिको मुद्दामा त्यस्तो निर्णय अनुशरण गर्नुपर्ने । न्याय सम्पादनमा एकरूपता र निश्चितताको लागि अघिल्लो मुद्दामा प्रतिपादित नजिर सिद्धान्त पछिल्लो समान प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11211वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण

वस्तुत: कुनै कानूनको संशोधन हुँदा कार्यविधिका हकमा तत्काल कायम रहेको कानूनलाई नै अवलम्बन गर्नुपर्ने । (प्रकरण नं. २) प्रहरी सेवाजस्तो संवेदनशील सेवामा रही देश र देशवासीको सेवामा खटिएको सुरक्षाकर्मीले सेवाको समयमा कमान्डरसँग वादविवाद, झगडा र हातपात गरी चोट छाड्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11210वि.सं. २०८०संयुक्त इजलास

निर्णय दर्ता बदर दर्ता

अधिग्रहण गरी उद्देश्य अनुरूप जग्गाको प्रयोग भएको अवस्थामा जग्गा रोक्का नरहेको अथवा हालसाबिक नगरिएको भन्ने आधारमा मात्र अधिग्रहण अवैध ठहरी व्यक्तिका नाममा नै जाने भन्ने अवस्था नहुने । (प्रकरण नं ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11209वि.सं. २०८०संयुक्त इजलास

अंश चलन

अंश मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै अंशियारले आफ्नो अंश भागमा पर्ने सम्पत्ति कसैलाई अष्टलोहसहित शेषपछिको बकसपत्र गरिदिन सक्ने । यसरी शेषपछिको बकसपत्र गरिदिनेको शेषपछि बकसपत्र पाउनेले निजको अंशहकको सम्पत्तिमा दाबी गर्नु स्वाभाविक हुने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11208वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

कानूनतः लिलामी प्रक्रिया समाप्त नभएसम्म सो प्रक्रिया जुनसुकै चरणमा रहे पनि जहिलेसुकै आफ्नो ऋण तिरेर आफ्नो सम्पत्तिको सुरक्षा गर्ने वा सम्पत्ति फिर्ता लिने प्राथमिक अधिकार ऋणीमै रहने । ऋण लिएबापत आफूले तिर्नु बुझाउनुपर्ने रकम भुक्तान गर्नुपर्ने दायित्व पनि ऋणीम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11207वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

कतिपय अवस्थामा मुख्य अभियुक्त लामो समयदेखि फरार रही पक्राउ नपरे तापनि अन्य मतियार प्रतिवादीहरू तत्काल पक्राउ परेका हुन्छन् । मौकामा पक्राउ परेका कसुरदारले गरेको कसुरको मात्रा र कसुरको गम्भीरतासमेतका आधारमा त्यस्ता कसुरदारलाई सजाय निर्धारण गर्नु फौजदारी न्यायको…

नजिर सार पढ्नुहोस् →