नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11211 · वि.सं. २०८०

नि.नं. 11211 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

वस्तुत: कुनै कानूनको संशोधन हुँदा कार्यविधिका हकमा तत्काल कायम रहेको कानूनलाई नै अवलम्बन गर्नुपर्ने । (प्रकरण नं. २) प्रहरी सेवाजस्तो संवेदनशील सेवामा रही देश र देशवासीको सेवामा खटिएको सुरक्षाकर्मीले सेवाको समयमा कमान्डरसँग वादविवाद, झगडा र हातपात गरी चोट छाड्नुलाई सामान्य विषय भनी मान्न नमिल्ने । यो केवल अनुशासनको उल्लङ्घनको विषयमा मात्र नभई प्रचलित कानूनको बर्खिलापको कार्यसमेत हुने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11211
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2079/04/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७१-WO-०८२२
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11211
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्