नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11229 · वि.सं. २०८१

नि.नं. 11229 — लागु औषध ब्राउन सुगर

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीको साथबाट लागु औषध बरामद हुनुलाई मात्र लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिमको सजाय गर्नको लागि पर्याप्त आधार मान्न नमिल्ने । सेवनबाहेक अन्य प्रयोजनको लागि प्रतिवादीहरूले साथमा लिई हिँडेका हुन् भन्ने तथ्य स्थापित हुनुपर्ने । (प्रकरण नं. ५) सेवन गर्नका लागि पनि कुनै न कुनै मूल्य चुकाई खरिद गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँसम्म लैजानुपर्ने र सेवनका लागि आफ्नो साथमा राख्नुपर्ने कुरा स्वाभाविक हुने । यसलाई नितान्त प्राविधिक अर्थमा हेरी सङ्कुचित अर्थमा ग्रहण गर्नु उचित नहुने । व्यापारिक कारोबार प्रकृतिको खरिद, सञ्चय वा ओसारपसार भएको अवस्था देखिएमा खरिद बिक्रीतर्फको कसुर कायम हुन सक्ने । सेवन प्रयोजनका लागि केही मात्रामा लागु औषध खरिद गरी एक ठाउँबाट अर्को ठाउँमा गएको कार्यलाई लागु औषध खरिद बिक्री, ओसारपसार, सञ्चय गरेको भनी कसुर ठहर गर्नु मनासिब नहुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11229
मुद्दाको विषयलागु औषध ब्राउन सुगर
निर्णय वर्ष / मिति2078/10/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७७-CR-०७९८
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11229
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्