नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11227 · वि.सं. २०८१
नि.नं. 11227 — अंश दर्ता चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंश पैतृक सम्पत्ति वा सोबाट बढे बढाएको सम्पत्ति वा सगोलका अंशियारहरूको सामूहिक लगानी प्रयत्न वा मेहनतको कमाईबाट आर्जित सम्पत्ति सगोलको सम्पत्ति भई बन्डा लाग्ने । अमुक सम्पत्ति आर्जनको अवस्था, आर्जन हुन सक्ने स्रोतको मूल्याङ्कन, परिवारका विभिन्न सदस्यका नाममा आर्जित हुन सक्ने सम्भावित आधारसमेतका समग्र अवस्थाको विवेचना गरी प्रमाणको प्रचुरता (preponderance of evidence) समेतको रोहबाट तत् सम्पत्तिको अवस्थाको निर्क्यौल गर्नुपर्ने । (प्रकरण नं. ८) बकसपत्रबाट प्राप्त सम्पत्ति अन्यथा प्रमाणित भएमा बाहेक पाउनेको निजी ठहरी आफूखुसी गर्न पाउने भन्ने अंशबन्डाको महलको भावना र मर्म रहेको हुँदा बकस पाएको सम्पत्तिलाई निजी आर्जनको सम्पत्ति मान्नुपर्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11227 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता चलन |
| निर्णय वर्ष / मिति | 2079/06/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल |
| मुद्दा नं. | ०६९-CI-११७४ | ०६९-CI-१२०५ | ०७०-CI-०४२८ | ०७०-CI-०४२९ | ०६९-CI-०९५५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11227 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
