नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11224 · वि.सं. २०८०
नि.नं. 11224 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुद्दा दोहोर्याइपाउँ भन्ने निवेदन दर्ता भई निस्सासमेत प्राप्त भएपश्चात तल्लो तहको फैसला अझै पनि अन्तिम नभई परीक्षणको रूपमा नै रहेको मान्नुपर्ने । तल्लो तहको अदालतबाट फैसला भएकोमा सो मा चित्त नबुझाई सोउपर माथिल्लो अदालतमा सुनुवाइ हुँदा तल्लो तहबाट भएको फैसलाको परिणाममा फेरबदल हुन सक्ने सम्भावनासमेत रहन्छ । मुद्दा दोहोर्याई हेर्ने क्रममा तल्लो अदालतबाट भएको फैसलाको परिणाममा नै परिवर्तन हुन सक्ने देखिएकोले मुद्दा दोहोर्याई पाउने निवेदनलाई पुनरावेदनसरहकै रूपमा लिनुपर्ने । (प्रकरण नं. ४) मुद्दा दोहोर्याइपाउँ भन्ने निवेदनसाथ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७(२) बमोजिमको सुविधा लिएका निवेदकलाई पक्राउ गर्नु भनेको अदालती प्रक्रियालाई नै चुनौती दिनु हो । सम्बन्धित निकायले फैसला कार्यान्वयन गर्ने क्रममा यदि कुनै व्यक्तिले उल्लिखित दफा १३७(२) बमोजिमको सुविधाको कागज देखाउँछ र उक्त कागज सम्बन्धमा बुझ्दा सोबमोजिमको सुविधा पाएको यकिन हो भन्ने देखिएमा त्यस्तो व्यक्तिलाई कैदमा पठाउनु कानूनविपरीत हुने । (प्रकरण नं. ७) निवेदकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७(२) बमोजिमको सुविधा र मुद्दा दोहोर्याइपाउँ भन्ने अनुमतिका लागि निवेदन दर्ता गराएको र उक्त कानूनी व्यवस्थाबमोजिमको सुविधा प्रदान गर्ने गरी अनुमतिसमेत प्राप्त भइसकेको र न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम दर्ता भएको मुद्दा दोहोर्याइपाउँ भन्ने निवेदनमा निस्सा प्राप्त भई मुद्दाको अन्तिम टुङ्गो लाग्न बाँकी नै रहेको र दफा १३७(२) बमोजिमको कानूनले निर्धारण गरेको सुविधा प्राप्त गरिसकेको अवस्थापछि सम्बन्धित व्यक्ति थुनाबाहिरै रहे पनि कानूनी प्रक्रियामा रहेको मान्नुपर्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11224 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2080/02/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७९-WH-०२४१ | ०७८-CS-१५७९ | ०७८-CS-१५७८ | ०७८-CS-१५८० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11224 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
