सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १४ / ४४०

नि.नं. 11206वि.सं. २०८०पूर्ण इजलास

उत्प्रेषण

पुनरावेदनको अधिकार कानूनी अधिकार हो । कुनै विषयमा कानूनले नै पुनरावेदन लाग्ने व्यवस्था गरेको छ भने मात्र पुनरावेदन लाग्न सक्ने । पुनरावेदन लाग्ने व्यवस्था कानूनले गरेको छैन भने कुनै अन्य औचित्य वा कारण देखाएर पुनरावेदन गर्न नसकिने । पुनरावेदन लाग्ने नै अवस्थाम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11205वि.सं. २०८०संयुक्त इजलास

धर्मलोपसमेत

हदम्यादको प्रश्न कानूनी प्रश्न हुन्छ । कानूनले नै यो यस्तो विषयमा नालिस गर्ने हदम्याद यति हुन्छ भनी व्यवस्था गरेको वा जहिलेसुकै पनि नालिस गर्न पाउने गरी खुला हदम्यादको व्यवस्था गरेको रहेछ भने अदालतले त्यस्तो कानूनी व्यवस्थाको विपरीत आफ्नो विवेक प्रयोग गरेर निश…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11204वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

भू तथा जलाधार संरक्षण ऐन, २०३९ को दफा ३(१) अनुसार पोखराको फेवातालको चार किल्ला र सिमाना तोकी कानूनबमोजिम संरक्षित जलाधार क्षेत्र घोषित भइसकेको हुँदा अब यसको संरक्षण, सम्बर्द्धन र विकासका लागि उक्त ऐनमा उल्लेख भएको व्यवस्थाविपरीत कोही कसैले कुनै काम गरेमा सोही…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11203वि.सं. २०८०संयुक्त इजलास

हक कायम

कुनै पनि विवाद लिएर कुनै पक्षले अदालतमा प्रवेश गर्दा पक्षले के कति दाबी लिएको छ सो दाबीमा सीमित भएर अदालतले फैसला गर्नुपर्ने । वादीले लिएको दाबीभन्दा बाहिर गएर अदालतले बोल्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11202वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

फौजदारी मुद्दामा आरोपित कसुरमा साबित हुनु र तथ्यको स्वीकारोक्ति हुनु फरक अवस्था हुन् । तथ्यको स्वीकारोक्तिको अर्थ आरोपित कसुरमा साबिती रहेको भनी भन्न नमिल्ने । तथापि प्रतिवादीले स्वीकार गरेको तथ्यलाई सो तथ्यबाट आरोपित कसुरमा निजको संलग्नताको यकिन गर्न सकिने तह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11201वि.सं. २०८०संयुक्त इजलास

अंश चलन

अंश दिनु पर्ने व्यक्तिले मेरा यी यी व्यक्तिहरू अंशियार हुन् भने पनि निजहरूबिच अंश बन्डा नभएको तथा एकासगोलमै रहेको भन्ने प्रमाण ऐन, २०३१ को दफा २८ बमोजिम अदालतलाई विश्वास दिलाउन चाहने व्यक्तिउपर नै प्रमाणको भार रहने । (प्रकरण नं. ३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11200वि.सं. २०८०संयुक्त इजलास

दूषित नामसारी निर्णय लिखत दर्ता बदर

सम्पत्तिको हक कानूनद्वारा मात्र सिर्जना हुने भएकोले हकै नपुग्ने लिखतबाट पूरा हक कायम गराई लिएको कार्य दूषित हुने । शेषपछिको बकसपत्र लिखतको सर्तबमोजिम कार्यान्वयन भएमा मात्र लिखतले सार्थकता पाउने । (प्रकरण नं. ५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11199वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण

संविधान र कानूनको हदमा रही विशेष व्यवस्था गर्ने गरी समावेशी राज्य संरचनाको निमित्त गरिएको व्यवस्था समानताको प्रतिकूल भनी बुझ्न नमिल्ने । समावेशिताको निमित्त ल्याइएको विशेष व्यवस्थालाई कुनै वर्ग वा व्यक्तिको हक हित प्रतिकूल नभई सामाजिक वा भौगोलिक कारणले कुनै लि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11198वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

कर्मचारीको सरूवा भनेको एक ठाउँ वा कार्यालयको जिम्मेवारीबाट अर्को ठाउँ वा कार्यालयमा काम गर्ने जिम्मेवारी तोकी खटाउने कार्यलाई सम्झनुपर्ने । कर्मचारीको सरूवा स्थायी प्रकृतिको अथवा कार्य जिम्मेवारीका साथै कर्मचारीको सम्पूर्ण पदाधिकारसमेत स्थानान्तरण भएर जान्छ भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11197वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण / परमादेश

समानता सर्वव्यापी वा निरपेक्ष हुन नसक्ने र असमान वर्ग वा समानहरूका बिच मात्र लागु हुने गरी बेग्लै कानून निर्माण गर्न वा कुनै खास प्रशासकीय निर्णय गर्न सकिने भए तापनि त्यस्तो कानून वा निर्णय बोधगम्य हुनुपर्ने र कानून तथा त्यस्तो निर्णयको उद्देश्य र हासिल गर्न ख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11196वि.सं. २०८०संयुक्त इजलास

परमादेशसमेत

कानूनको मकसद पूरा गराउनका लागि राज्यको सार्वजनिक पदधारण गरेका पदाधिकारीहरूलाई आफ्नो कार्यजिम्मेवारीप्रति उत्तरदायी तथा संवेदनशील बनाई त्यस्ता पदाधिकारीहरूको कार्य सम्पादन प्रभावकारी भयो भएन, त्यसका उपभोक्ताको सन्तुष्टिको अवस्था के-कस्तो रह्यो भन्नेतर्फ राज्य स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11195वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

आवेश प्रेरित हत्यामा पीडितको कारणबाट पनि प्रतिवादीले आफूले आफैँलाई नियन्त्रण गर्न नसकी तत्काल उत्पन्न कुनै कारणबाट उत्तेजित भई आफ्नो कार्यबाट हुने परिणामको ख्यालै नगरी पीडितउपर आक्रमण गर्दा सोही आक्रमणको कारणबाट पीडितको मृत्यु भएको अवस्था हो । यसमा प्रतिवादीला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11194वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण

लेनदेनको तमसुक लिखत हुँदाको अवस्थामा तत्काल प्रचलित मुलुकी ऐन, लेनदेन व्यवहारको महलको ८ र ९ नं. मा रहेका व्यवस्थाअनुसार घरका मुख्य भई व्यवहार गर्ने व्यक्तिको सहमति रहेको नदेखिएको अर्थात् तमसुक लिखतमा निजको सहीछाप नरहेको अवस्थामा अन्य अंशियारहरूको हक लाग्ने गोश…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11193वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण

सुरक्षासँग सम्बद्ध प्रहरी सङ्गठन Chain of Command मा सञ्चालित हुने । जुनसुकै सङ्गठनमा पनि अनुशासनको अत्यधिक महत्त्व रहेको हुने । अहोरात्र जनताको जिउधनको सुरक्षार्थ खटिनुपर्ने कर्तव्यमा तत्पर रहनुपर्ने प्रहरी कर्मचारीले विना सूचना लामो समयसम्म कार्यालयमा गैरहाज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11192वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण / परमादेश

छुट्टाछुट्टै वस्तु तथा सेवा (item) को बोलपत्र आह्वान (bid tender) लाई स्वीकार गरी छुट्टाछुट्टै बोलपत्र आह्वान (bid tender) भरी बोलपत्रमा सामेल भएको अवस्थामा बोलपत्र whole package को लागि हो भनी मान्न नमिल्ने । (प्रकरण नं.३) बोलपत्र प्राप्त भइसकेपश्चात् ती बोलप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11191वि.सं. २०८०पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

बालबालिकालाई बालसुधार गृहमा राखेर वा अभिभावक वा संरक्षकको जिम्मा लगाउने भन्ने विषयको निरूपण कसुर गर्दाको परिस्थिति, अवस्था, कसुरको प्रकृति, नाबालिगको उमेर, कसुरको गाम्भीर्य, सामाजिक परिवेशसमेतलाई दृष्टिगत गरी सुनुवाइ गर्ने न्यायाधीशले नै प्रत्येक मुद्दालाई पृथ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11190वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

कसुर स्थापित हुन प्रतिवादी घटना स्थलमा उपस्थित रही कुनै अर्को प्रतिवादीले ज्यान मार्ने कार्य गरेको अवस्थामा सो कार्यमा सहप्रतिवादीलाई सहयोग गरेको तथ्य शंकारहित तवरमा स्थापित हुनुपर्ने । वारदातस्थलमा उपस्थित रहनु नै कसुर कायम हुने र सजायको भागीदार हुने आधार नबन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11189वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

मानव स्वास्थ्यका लागि अत्यावश्यक वस्तुको रूपमा रहेको औषधीको रूपमा प्रयोग हुने चिजवस्तुको निश्चित मापदण्डबमोजिमको स्तर कायम हुनुपर्ने । (प्रकरण नं.५) जडिबुटी तथा परम्परागत औषधीहरूको समेत दिनानुदिन महत्त्व बढ्दै गइरहेको र यसको प्रयोग पनि बढी रहेको सन्दर्भमा यसको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11188वि.सं. २०८०संयुक्त इजलास

क्षतिपूर्ति भराई पाऊँ

हानि नोक्सानी पुगेको कुराको जानकारी भएपछि मात्र उजुर गर्नुपर्ने कारण सिर्जना हुने देखिएको र हानि नोक्सानी पुगेको जानकारी भएको मितिबाट ३५ दिनभित्रै उजुर परेकोलाई हदम्याद नाघी उजुर परेको भन्न नमिल्ने । (प्रकरण नं. ३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11187वि.सं. २०८०संयुक्त इजलास

सरकारी छाप दस्तखत किर्ते

पढ्न लेख्न जान्ने व्यक्तिले कागजमा लेखेको बेहोरा नपढी त्यतिकै सही गरे होलान् भनी विश्वास गर्न नसकिने । प्रतिवादीहरूको मौकाको बयान र बरामदी मुचुल्कामा भएको सहीलाई स्वीकार गरेको र सोमा भएको बेहोरालाई इन्कार गरेको देखिएकोमा कागजमा भएको सहीछाप स्वीकार गरेको अवस्था…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11186वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

बिदाको निवेदन दर्ता गर्नु र बिदा स्वीकृत हुनु फरक/फरक विषय भएको हुँदा बिदाको निवेदन दर्ता गर्नु नै बिदा स्वीकृत भयो भनी मान्नु कदाचित औचित्यपूर्ण नदेखिने । बिदाको निवेदन दर्ता गराएकोमा उक्त बिदा स्वीकृत भयो भएन सो सम्बन्धमा बिदामा बस्ने कर्मचारीले बुझी बिदा स्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11185वि.सं. २०८०संयुक्त इजलास

फैसला, निर्णय, दर्ता बदर गरी सार्वजनिक कायम गरिपाऊँ ।

सर्भे नापी आउने कुरा स्थानीय प्रतिनिधि र सर्वसाधारण जनतासमेतलाई जानकारी हुने । स्थानीय प्रतिनिधिको रोहबरमा सर्वसाधारणको सहयोगबाट मात्र सर्भे नापी सम्पन्न हुने । सर्भे नापीले माग गरेका कागजातहरू प्रस्तुत गरी आफ्नो जग्गाको चौहदी देखाई नापी गराउनु तत् तत् जग्गाधन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11184वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

ःभमष्अब िल्भनष्निभलअभ जस्तो प्राविधिक विषयसँग सम्बन्धित सेवामा रोगको उपचार ९त्चभबतmभलत० गर्ने बित्तिकै निको ९ऋगचभ० हुन्छ वा परिणाम ९ऋयलकभत्रगभलअभ० देखिन्छ भन्ने नहुने । उपचार र औषधीको प्रभावहरू सामान्यतया केही समयपश्चात् मात्र देखिने र कुनै औषधोपचार केही समयसम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11183वि.सं. २०८०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

सामान्यतया सम्बन्धित अड्डामा दरबन्दी रहेका सम्पूर्ण न्यायाधीशहरूमध्ये वरीयताक्रम सबैभन्दा माथि रहेका न्यायाधीश नै वरिष्ठतम न्यायाधीश हुने । निजको अनुपस्थितिमा निजपछिको दोस्रो वरीयताको न्यायाधीश वरिष्ठतम हुने । जिल्ला अदालतको वरिष्ठतम न्यायाधीशले सो अदालतको मुख…

नजिर सार पढ्नुहोस् →