नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11204 · वि.सं. २०८०
नि.नं. 11204 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
भू तथा जलाधार संरक्षण ऐन, २०३९ को दफा ३(१) अनुसार पोखराको फेवातालको चार किल्ला र सिमाना तोकी कानूनबमोजिम संरक्षित जलाधार क्षेत्र घोषित भइसकेको हुँदा अब यसको संरक्षण, सम्बर्द्धन र विकासका लागि उक्त ऐनमा उल्लेख भएको व्यवस्थाविपरीत कोही कसैले कुनै काम गरेमा सोही ऐनको दफा २२ बमोजिम त्यस्तो कार्य फौजदारी कसुर मानिने देखिएकाले नेपाल सरकार वादी भई मुद्दा चल्न सक्ने हुँदा पोखरा फेवातालको तोकिएको चार किल्ला र सिमानाभित्र उक्त ऐनविपरीतका कुनै पनि गतिविधि गर्न नपाइनेमा सबै पक्ष र व्यक्तिहरू सजग र उत्तरदायी हुनुपर्ने । (प्रकरण नं.७) फेवाताल प्राकृतिक, जैविक विविधता, वातावरण तथा पारिस्थितिक प्रणालीका रूपमा संवेदनशील र रमणीय सौन्दर्यले भरिपूर्ण भएको सार्वजनिक महत्त्व बोकेको संरक्षित सम्पदाहरूलाई सार्वजनिक हितबाहेक अन्य निजी तथा व्यावसायिक लाभका लागि निजी सम्पत्तिसरह प्रयोग गर्नु वा गर्न दिनु सार्वजनिक विश्वास तथा हितविपरीत हुन जाने । (प्रकरण नं.२२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11204 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2080/03/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०६७-WO-१२४१ | ०६७-WO-०६९४ | ०७६-MS-०००४ | ०७८-WO-१३५६ | ०६८-WO-०८२ | ०६९-WO-२९४ | ०७१-WO-१०३४ | ०७२-WO-०१२७ | ०६९-WO-०२९४ | ०६८-WO-०८७२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11204 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
