नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11202 · वि.सं. २०८०

नि.नं. 11202 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

फौजदारी मुद्दामा आरोपित कसुरमा साबित हुनु र तथ्यको स्वीकारोक्ति हुनु फरक अवस्था हुन् । तथ्यको स्वीकारोक्तिको अर्थ आरोपित कसुरमा साबिती रहेको भनी भन्न नमिल्ने । तथापि प्रतिवादीले स्वीकार गरेको तथ्यलाई सो तथ्यबाट आरोपित कसुरमा निजको संलग्नताको यकिन गर्न सकिने तहसम्म पुग्न सकिने अवस्था छ, छैन भनी सावधानीसाथ हेरिनुपर्ने । प्रतिवादीहरूबिच चिनजान र फोन सम्पर्क स्थापित हुनु मात्र पनि कसुर प्रमाणितका पर्याप्त आधार हुन नसक्ने । तर उक्त चिनजान र फोन सम्पर्कले प्रतिवादीहरूको मौकामा आरोपित कसुरमा साबित रही गरेको बयानमा उल्लिखित तथ्य स्थापित हुने । फरक फरक समय र लामो समयको अन्तरालमा भएको प्रतिवादीहरूको मौकाको साबिती बयानमा गरिएको वारदातको विस्तृत र सिलसिलेवार विवरणमा तथ्यगत तादम्यता देखिनुबाट समेत प्रतिवादीहरूको मौकाको बयान समर्थित हुने । (प्रकरण नं.५) वारदातको प्रत्यक्षदर्शी वा चश्मदिद गवाहको अभाव रहेको र प्रतिवादीहरू अदालतको बयानमा कसुरमा इन्कार रहेको देखिए तापनि वारदातका सम्बन्धमा मौकाको घटना विवरण कागज गर्ने मृतकका छोराछोरी र छिमेकी तथा ड्युटीमा रहेका प्रहरी कर्मचारीको भनाइ एवम् मिसिल संलग्न कल डिटेल्ससमेतबाट खुल्न आएको कसुर गर्दाको परिस्थितिजन्य तथ्य एकआपसमा मालाकार कडीको रूपमा देखिएकोमा सो तथ्यलाई परिस्थितिजन्य प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11202
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2080/05/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना | माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती | माननीय न्यायाधीश श्री राजेन्द्र खरेल
मुद्दा नं.०७४-CR-११२९ | ०७८-CR-०९९०
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11202
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्