नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11194 · वि.सं. २०८०
नि.नं. 11194 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
लेनदेनको तमसुक लिखत हुँदाको अवस्थामा तत्काल प्रचलित मुलुकी ऐन, लेनदेन व्यवहारको महलको ८ र ९ नं. मा रहेका व्यवस्थाअनुसार घरका मुख्य भई व्यवहार गर्ने व्यक्तिको सहमति रहेको नदेखिएको अर्थात् तमसुक लिखतमा निजको सहीछाप नरहेको अवस्थामा अन्य अंशियारहरूको हक लाग्ने गोश्वारा धनबाट भरिभराउ गर्न नमिल्ने । यस अवस्थामा ऋणीको आफूखुस गर्न पाउने सम्पत्तिबाट मात्र बिगो भरिभराउ गरिदिनुपर्ने । मुद्दाका पक्षहरूबिच कानूनबमोजिम भएको मिलापत्रलाई निष्प्रयोजन तुल्याउने गरी व्यवाहारिक सुविधा वा असुविधाको कारण देखाएर ऋणीबाहेकका अंशियारहरूको अंशभागमा परेको सम्पत्तिबाट बिगो भराउन नमिल्ने; ऋणीकै नामको सम्पत्तिबाट बिगो भराइदिनुपर्ने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11194 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2078/11/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना |
| मुद्दा नं. | ०७८–WO-०००१ | ०७५-CP-४८३ | १७५-CP-०७४० | ०७५-CP-०४७० | ०७५-CP-४७० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11194 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
