नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11189 · वि.सं. २०८०
नि.नं. 11189 — उत्प्रेषणयुक्त परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
मानव स्वास्थ्यका लागि अत्यावश्यक वस्तुको रूपमा रहेको औषधीको रूपमा प्रयोग हुने चिजवस्तुको निश्चित मापदण्डबमोजिमको स्तर कायम हुनुपर्ने । (प्रकरण नं.५) जडिबुटी तथा परम्परागत औषधीहरूको समेत दिनानुदिन महत्त्व बढ्दै गइरहेको र यसको प्रयोग पनि बढी रहेको सन्दर्भमा यसको गुणस्तर कायम राख्न, उत्पादक कम्पनीहरूलाई त्यस्को लागि जिम्मेवार बनाउनका लागि कुनै न कुनै मापदण्डको निर्धारण र कार्यान्वयन गर्नु गराउनु अत्यावश्यक देखिने । (प्रकरण नं.११) नेपाल विश्व स्वास्थ्य सङ्गठनको सदस्य भएको र विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूमा प्रतिबद्धतासमेत जनाइसकेको अवस्थामा विश्वमा उदय भएका र विश्वव्यापी रूपका मान्यता प्राप्त गरेका विभिन्न स्वास्थ्यसँग सम्बन्धित विधि पद्धति तथा प्रणालीहरूलाई अवलम्बन र कार्यान्वयन गर्ने दायित्व नेपालको समेत रहेका कारण औषधी खरिद गर्दा गुणस्तरीय good manufacturing practices (GMP Certified) औषधी उत्पादन अनुमति वा प्रमाणपत्र भएकासँग मात्र खरिद गर्ने भन्ने विषयलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.१२) GMP लागु गर्दा आवश्यक पर्ने भौतिक स्रोत जनशक्ति आदिबाट उत्पादनमा लागत बढी पर्ने, सरोकारवाला राज्यका निकायलाई समेत यसको अनुगमन निगरानी र सुपरिवेक्षणमा थप लगानी गर्नुपर्ने हुँदा उपभोक्तामा अतिरिक्त भार पर्ने देखिए तापनि औषधी जस्तो मानव स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने विषयमा गुणस्तरमा सम्झौता गर्न नमिल्ने । (प्रकरण नं.१३) परम्परागत तथा जडिबुटीजन्य औषधीको हकमा त्यस्ता जडिबुटीहरूको उत्पादन, सङ्कलन, भण्डारण, ओसार पसारलगायत औषधी तयार गर्ने, भण्डार गर्नेसमेतका हरेक तहमा केही फरक मापदण्ड आवश्यक हुने । (प्रकरण नं.१४) नेपालमा पनि जडिबुटीजन्य वा परम्परागत औषधीजन्य उद्योगहरूका लागि WHO को सोही GMP का साथै सोको Preface Note समेतलाई उद्धरणमा (reference) लिई छुट्टै मापदण्ड तय गरी सो कार्यान्वयन गर्नु गराउनु उपयुक्त देखिने । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11189 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2079/12/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल |
| मुद्दा नं. | ०७९-WO-०७९८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11189 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
