नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11190 · वि.सं. २०८०
नि.नं. 11190 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
कसुर स्थापित हुन प्रतिवादी घटना स्थलमा उपस्थित रही कुनै अर्को प्रतिवादीले ज्यान मार्ने कार्य गरेको अवस्थामा सो कार्यमा सहप्रतिवादीलाई सहयोग गरेको तथ्य शंकारहित तवरमा स्थापित हुनुपर्ने । वारदातस्थलमा उपस्थित रहनु नै कसुर कायम हुने र सजायको भागीदार हुने आधार नबन्ने । वारदात घटाउन पूर्वयोजनाअनुसार घटनास्थलमा उपस्थित भएको छ, छैन, वारदातस्थलमा गरेको आपराधिक कार्यको आधार स्थापित हुन्छ, हुँदैन भन्ने महत्त्वपूर्ण पक्ष हुने । मृतकलाई उपचारको लागि सहयोग नगरेका कारणले मात्र आपराधिक दायित्व सिर्जना नहुने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11190 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2080/02/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री कुल प्रसाद शर्मा | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. |
| मुद्दा नं. | ०७२-CR-०५४९ | ०७२-CR-१६८८ | ०७२-CR-१६८९ | ०७२-RC-००९७ | ०६९-CS-००६६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11190 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
