नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11191 · वि.सं. २०८०
नि.नं. 11191 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
बालबालिकालाई बालसुधार गृहमा राखेर वा अभिभावक वा संरक्षकको जिम्मा लगाउने भन्ने विषयको निरूपण कसुर गर्दाको परिस्थिति, अवस्था, कसुरको प्रकृति, नाबालिगको उमेर, कसुरको गाम्भीर्य, सामाजिक परिवेशसमेतलाई दृष्टिगत गरी सुनुवाइ गर्ने न्यायाधीशले नै प्रत्येक मुद्दालाई पृथक् तवरले हेरी विवेकसम्मत आदेश गर्नुपर्ने । (प्रकरण नं.१५) मुद्दामा दुवै पक्ष बालबालिका रहेकोमा पीडित र प्रतिवादी दुवैको अवस्थालाई समेत विचार गरी बालसुधार गृहमा राख्ने कि अभिभावकको जिम्मा लगाउने भनी आदेश गर्नुपर्ने । कानूनको विवादमा परेका बालबालिकालाई समाजमा राख्दा समाज र पीडितले असुरक्षा तथा अन्यायको महसुस गर्नसक्ने अवस्था रहेमा पीडितको अधिकारलाई समेत ध्यानमा राखी हेर्नुपर्ने । यसरी कानूनको विवादमा परेका बालबालिकालाई अभिभावकको जिम्मा लगाउनुपर्ने अवस्थामा पनि त्यस्ता बालबालिकालाई समाजबाट हुनसक्ने असुरक्षाको स्थिति र त्यस्ता बालबालिकाका कारण समाजले असुरक्षा महसुस गर्ने स्थिति देखिएमा बालसुधार गृहमा राख्नु उपयुक्त हुने । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11191 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2079/12/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७९-WF-०००५ | ०७८-WH-०००८ | ०७८-WH-०२७९ | ०७९-WH-०१०४ | ०७८-WH-०२१४ | ०७६-RE-०३९२ | ०७६-WO-०९४४ | ०७७-WF-००१४ | ०६९–WH–०००२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11191 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
