नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11205 · वि.सं. २०८०
नि.नं. 11205 — धर्मलोपसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
हदम्यादको प्रश्न कानूनी प्रश्न हुन्छ । कानूनले नै यो यस्तो विषयमा नालिस गर्ने हदम्याद यति हुन्छ भनी व्यवस्था गरेको वा जहिलेसुकै पनि नालिस गर्न पाउने गरी खुला हदम्यादको व्यवस्था गरेको रहेछ भने अदालतले त्यस्तो कानूनी व्यवस्थाको विपरीत आफ्नो विवेक प्रयोग गरेर निश्चित अवधिको हदम्याद तोकेकोमा जहिलेसुकै पनि नालिस लाग्ने गरी व्याख्या गर्न वा जहिलेसुकै पनि नालिस गर्न पाउने गरी खुला हदम्यादको व्यवस्था गरेकोमा यति अवधिभित्रै नालिस गर्नुपर्ने गरी हदम्यादको सङ्कुचन गर्न नमिल्ने । (प्रकरण नं.३) शेषपछिको दानपत्रबमोजिम गुठी राखिएका जग्गाहरू गुठीको लिखतबमोजिमको काममा प्रयोग नभई बेचबिखनलगायतको कार्यहरू गरी धर्मलोप गरेको भन्ने प्रश्न समावेश भएको देखिएको र यस्तो विषयमा मुलुकी ऐन, गुठीको महलको १६ नं. ले निश्चित अवधिभित्रै नालिस गर्नुपर्ने गरी हदम्यादको व्यवस्था गरेको नदेखिँदा ४७ वर्षपछि नालिस पर्न आएको बेहोरालाई आधार बनाई विवादको तथ्यभित्रै प्रवेश नगरी फिराद हदम्यादभित्रको नदेखिएको भनी मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८० नं. बमोजिम भनी फिराद खारेज गर्न नमिल्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11205 |
|---|---|
| मुद्दाको विषय | धर्मलोपसमेत |
| निर्णय वर्ष / मिति | 2079/11/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी | माननीय न्यायाधीश श्री युवराज सुवेदी |
| मुद्दा नं. | ०७४-CI-०३९८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11205 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
