नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11196 · वि.सं. २०८०
नि.नं. 11196 — परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनको मकसद पूरा गराउनका लागि राज्यको सार्वजनिक पदधारण गरेका पदाधिकारीहरूलाई आफ्नो कार्यजिम्मेवारीप्रति उत्तरदायी तथा संवेदनशील बनाई त्यस्ता पदाधिकारीहरूको कार्य सम्पादन प्रभावकारी भयो भएन, त्यसका उपभोक्ताको सन्तुष्टिको अवस्था के-कस्तो रह्यो भन्नेतर्फ राज्य संवेदनशील हुनुपर्ने । राज्यका तर्फबाट कुनै कार्य हुनुपर्नेमा त्यसतर्फ प्रचलित कानून र कार्यविधि अपनाई समय तोकिएकोमा सो समयमा र समय नतोकिएकोमा मनासिब माफिकको समयभित्र आफ्नो निर्णयको जानकारी दिनुपर्ने दायित्वसमेत सार्वजनिक पदधारण गरेका पदाधिकारीहरूउपर रहने । मनासिब कारणबिना गरिएको ढिलाइले त्यस्ता पदाधिकारीको सक्षमता, कर्तव्य परायणता र जिम्मेवारी बोधमा प्रश्न उठाउँछ भन्ने सम्बन्धमा सचेतना हुनुपर्ने । (प्रकरण नं. ११) यदि कुनै साधिकार निकायबाट अनुमति लिनुपर्नेमा त्यस्तो अनुमतिपत्र प्राप्त नभई वा नवीकरण हुनुपर्नेमा सो नभई कुनै व्यक्ति वा निकायले कार्य गर्न सक्दछ / पाउँछ भन्ने अनुमान गर्न नसकिने । तथापि आफूले गर्दै गरेको कार्य प्रगति अवरूद्ध गरी कुनै पनि काम नगरी बस्नुपर्छ भन्ने कानूनको मनसाय पनि नहुने । नवीकरणको कार्यविधिले पूर्णता पाउनुअघि पनि अनुमति प्राप्तकर्ताको जिम्मेवारी तथा दायित्वसमेतले निरन्तरता पाउने अवस्थाका सम्बन्धमा सम्बन्धित निकाय संवेदनशील हुनुपर्ने । अभिभावकीय भूमिकामा समेत रहेको राज्यले यसको लागि केही सकारात्मक पहल गर्नुपर्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11196 |
|---|---|
| मुद्दाको विषय | परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2079/04/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७८-WO-००७० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11196 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
