नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11192 · वि.सं. २०८०

नि.नं. 11192 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

छुट्टाछुट्टै वस्तु तथा सेवा (item) को बोलपत्र आह्वान (bid tender) लाई स्वीकार गरी छुट्टाछुट्टै बोलपत्र आह्वान (bid tender) भरी बोलपत्रमा सामेल भएको अवस्थामा बोलपत्र whole package को लागि हो भनी मान्न नमिल्ने । (प्रकरण नं.३) बोलपत्र प्राप्त भइसकेपश्चात् ती बोलपत्रहरूको प्राविधिक तथा आर्थिक मूल्याङ्कन गर्नुपर्ने । प्राविधिक मूल्याङ्कनले गुणस्तरजन्य आवश्यकता (quality requirement) अनुरूपको मालसामानको विशेषताहरू (specific requirement) स्पष्ट रूपमा छ छैन भनी हेर्नुपर्ने । (प्रकरण नं.६) सार्वजनिक खरिदको मूल उद्देश्य सार्वजनिक खरिदलाई गुणस्तरीय, सामयिक र लागत प्रभावकारी (qualitative, timely and cost effective) बनाई मालसामान, सार्वजनिक निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवाहरूको प्राप्ति गर्नु हो, तर वस्तु वा सेवाको माग र पूर्ति वा प्राप्ति गर्नु मात्रै पनि सार्वजनिक खरिदको उद्देश्य नहुने । सार्वजनिक खरिदबाट कुनै पनि सेवा वा सामानको खरिद गर्दा मूल्य सार्थकता, मितव्ययिता, पारदर्शिता र कार्यदक्षतासमेतलाई मध्यनजरमा राख्नुपर्ने । अझ अस्पतालजस्तो संवेदनशील संस्था, जहाँ मानिसको जिउ ज्यानसँग सम्बन्धित रहेको हुन्छ, त्यहाँ उपकरणहरू खरिद गर्दा गुणस्तरलाई उच्च प्राथमिकतामा राखी हेर्नुपर्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11192
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2079/11/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७८-WO-१३३३
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11192
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्