नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11198 · वि.सं. २०८०
नि.नं. 11198 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
कर्मचारीको सरूवा भनेको एक ठाउँ वा कार्यालयको जिम्मेवारीबाट अर्को ठाउँ वा कार्यालयमा काम गर्ने जिम्मेवारी तोकी खटाउने कार्यलाई सम्झनुपर्ने । कर्मचारीको सरूवा स्थायी प्रकृतिको अथवा कार्य जिम्मेवारीका साथै कर्मचारीको सम्पूर्ण पदाधिकारसमेत स्थानान्तरण भएर जान्छ भने काज सरूवामा पदाधिकार साबिककै कार्यालयमा राखी कार्य जिम्मेवारी तोकिने भएकाले काज सरूवा तदर्थ प्रकृतिको हुने भए पनि सरूवा र काज सरूवाको अन्तिम परिणाम भनेको कर्मचारीको एक कार्यालयबाट अर्को कार्यालयमा स्थानान्तरण भएको भन्ने नै बुझिने । त्यसैले कर्मचारीको सरूवा वा काज सरूवा विधि कानूनद्वारा निर्देशित गरिएको हुने । कानूनले तोकिएको विधि र प्रक्रियाविपरीत काज तथा सरूवा भएमा त्यस्तो कार्य कानूनले तोकेबमोजिम न्यायिक परीक्षणको विषय बन्न सक्ने । तर त्यस्तो न्यायिक परीक्षणको सम्बन्धमा कानूनमा नै स्पष्ट भएको अवस्थामा सोही कानूनबमोजिम हुने र कानूनमा स्पष्ट नतोकिएको अवस्थामा अदालतको असाधारण क्षेत्राधिकारअन्तर्गत रिट क्षेत्रसमेत आकर्षित हुन सक्ने । (प्रकरण नं. २) कानूनमा उपचारको मार्ग स्पष्ट रूपमा तोकिदिएको अवस्थामा सो वैकल्पिक उपचारको मार्ग अवलम्बन नगरी असाधारण क्षेत्राधिकारमा प्रवेश गरी आएको रिट निवेदनको आधारमा कानूनले तोकेका न्यायिक तथा अर्धन्यायिक निकायको क्षेत्राधिकारमा हस्तक्षेप हुने गरी न्यायिक निरूपण गर्दाको अवस्थामा मातहतका न्यायिक तथा अर्धन्यायिक निकायको क्षेत्राधिकार कुण्ठित हुन जाने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11198 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2079/11/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७७-WO-०५९२ | ०७९-WO-०१८९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11198 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
