नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11206 · वि.सं. २०८०
नि.नं. 11206 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
पुनरावेदनको अधिकार कानूनी अधिकार हो । कुनै विषयमा कानूनले नै पुनरावेदन लाग्ने व्यवस्था गरेको छ भने मात्र पुनरावेदन लाग्न सक्ने । पुनरावेदन लाग्ने व्यवस्था कानूनले गरेको छैन भने कुनै अन्य औचित्य वा कारण देखाएर पुनरावेदन गर्न नसकिने । पुनरावेदन लाग्ने नै अवस्थामा पनि जुन निकाय वा अधिकारीलाई कानूनले पुनरावेदन सुन्ने अधिकार प्रदान गरेको हुन्छ सोही निकाय वा अधिकारीले मात्र पुनरावेदन सुन्ने अधिकार राख्ने । यस अर्थमा पुनरावेदनको अधिकारको विषय क्षेत्राधिकारको विषयसँग पनि सम्बन्धित हुने । पुनरावेदनको अधिकार सम्बन्धित पक्षको अधिकारसँग सम्बन्धित हुन्छ भने पुनरावेदन सुन्ने अधिकार सम्बन्धित निकाय वा अधिकारीको क्षेत्राधिकारसँग सम्बन्धित विषय हुने । अधिकार नै नभएको निकाय वा अधिकारीले पुनरावेदन सुनेको वा सुरू नालिस सुन्ने अधिकार रहेको निकाय वा अधिकारीले पुनरावेदन सुनेको रहेछ भने त्यस्तो सुनुवाइले कानूनी मान्यता नपाउने । मालपोत कार्यालयले पुनरावेदनको म्याद दिएको भन्ने आधारमा जिल्ला अदालतमा पुनरावेदन गरेको भन्ने मात्र कारणले जिल्ला अदालतलाई पुनरावेदन सुन्ने अधिकारक्षेत्र प्राप्त भएको भनी मान्न नमिल्ने । यस्तो कारबाहीले मान्यता प्राप्त गर्नको लागि पुनरावेदन गर्न जिल्ला अदालतमा जानु भनी मालपोत कार्यालयले गरेको निर्णय वा आदेश पनि कानूनसङ्गत हुनुपर्ने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11206 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2080/01/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७८-WF-०१३१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11206 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
