नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11225 · वि.सं. २०८०
नि.नं. 11225 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
जिउनीबापत पाएको सम्पत्ति रजिस्ट्रेसन गरी लिँदा त्यसमा कुनै किसिमले हक हस्तान्तरण गर्न नपाइने भनी सर्त उल्लेख भएकै आधारमा सो जग्गा आफूखुस गर्न पाउने वा बेचबिखन गर्न पाउने हो होइन भन्ने सम्बन्धमा हेर्दा सामान्यत: कानूनबमोजिम दर्ता गर्नुपर्ने वा नपर्ने कुनै पनि लिखतमा कानूनविपरीत कुनै सर्त लेखिएको र त्यस्तो लिखत आधिकारिक निकायमा दर्ता भए पनि सो कानूनविपरीत लेखिएको सर्त पालना गर्नुपर्ने दायित्व कुनै पक्षको हुन्छ भन्न नमिल्ने । जिउनीलाई अंशको नै प्रकार मानी अंशसरह नै उपभोग प्रयोग तथा उक्त सम्पत्तिको हक हस्तान्तरणसमेत गरी आफूखुस गर्न पाउने सम्पत्तिको रूपमा मान्नुपर्ने । यसरी पारित भएको लिखतमा कानूनविपरीत लेखिएका कुनै सर्तले सो सम्पत्तिको प्रयोग र चलनमा कुनै बाधा अवरोध सिर्जना गर्दछ भने त्यस्ता सर्तलाई सम्पत्तिका स्वामीले मान्न बाध्य हुने भन्न नमिल्ने । जीवनयापन गर्नका लागि भनी पाएको जिउनीको सम्पत्ति प्रयोग गरी आफ्नो जीवन रक्षा गर्न र सम्मानपूर्वक बाँच्न नपाउने हो भने त्यस्तो सम्पत्तिलाई जिउनी भन्न सकिने अवस्था पनि नहुने । (प्रकरण नं. १०) जीवनको अधिकार सम्पत्तिको अधिकारसँग जोडिएको हुने र सम्पत्तिसम्बन्धी अधिकार भोग गर्न नपाएमा जीवनको अधिकारको कुनै अर्थ नरहने हुँदा बासस्थान निर्माणको लागि रिट निवेदकले जिउनीबापत प्राप्त गरेको जग्गा अंशसरह प्रयोग गरी हक हस्तान्तरण गर्न पाउने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11225 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2079/10/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७४-WO-०३१८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11225 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
