नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11220 · वि.सं. २०८०

नि.नं. 11220 — भूकम्प बिमा दाबी

सिद्धान्त / नजिर सार (Headnote Summary)

निर्जीवन बिमा (Non-life insurance) दाबीको भुक्तानी मूलतः क्षतिपूरणको सिद्धान्त (Principle of Indemnity) मा आधारित भई गरिन्छ । बिमाको उद्देश्य न नाफा कमाउनु हो न त यो परोपकार (charity) हो । यसको उद्देश्य भविष्यमा हुन सक्ने कुनै अनपेक्षित घटनाबाट हुने जोखिमको भार हस्तान्तरण (risk sharing) गर्नुसम्म भएकाले बिमितको जे जति क्षति वा नोक्सानी भएको छ बिमा कम्पनीले त्यही नोक्सानीको परिपुरण गर्नुपर्ने । बिमितको धेरै क्षति भए तापनि बिमालेखले रक्षावरण गरेबाहेकको क्षति वा बिमाङ्क धेरै भए तापनि वास्तविक क्षतिभन्दा धेरै अर्थात् अवास्तविक क्षतिको भुक्तानी गर्ने दायित्व बिमा कम्पनीमा नरहने । बिमकले बिमितको जोखिम स्वीकार गरेबापत आवधिक रूपमा शुल्क (Premium) पाएको हुँदा बिमालेखको सर्तको अधीनमा रही प्रिमियममा हुने घटी बढी रकमका आधारमा क्षतिपूर्तिको अङ्क पनि घटीबढी हुन जाने । (प्रकरण नं.४) बिमा दाबीको भुक्तानीको प्रश्न केवल व्यावसायिक र प्राविधिक प्रश्न मात्र नभई यो एक न्यायिक प्रक्रियासमेत भएकाले दाबी भुक्तानी प्रक्रियामा सम्पत्तिको मौलिक वा सुरूमा कायम गरिएको मूल्य, सो सम्बन्धमा भएको सम्झौताको व्यवस्था, पक्षको धारणा, विज्ञको राय र सम्पत्तिको लाभदायी प्रयोगको सम्भावनालगायतका सम्बद्ध सबै पक्षलाई विचार गरी प्रमाणमा आधारित भई न्यायोचित र तर्कसम्मत आधारमा निर्धारण गरिनुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11220
मुद्दाको विषयभूकम्प बिमा दाबी
निर्णय वर्ष / मिति2080/02/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित
मुद्दा नं.०७५-CI-०६०६ | ०७३-RB-०२०२
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11220
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्