नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11212 · वि.सं. २०८०

नि.नं. 11212 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै कानूनको व्याख्या गरेर वा कुनै कानूनी सिद्धान्तको आधारमा यस अदालतबाट निर्णय भएको छ भने पछिल्लो समान प्रकृतिको मुद्दामा त्यस्तो निर्णय अनुशरण गर्नुपर्ने । न्याय सम्पादनमा एकरूपता र निश्चितताको लागि अघिल्लो मुद्दामा प्रतिपादित नजिर सिद्धान्त पछिल्लो समान प्रकृतिको मुद्दामा प्रयोग र पालना गर्नु विधिशास्त्रीय मान्यता हुने । निर्णय अनुशरण गर्दा पहिले सिद्धान्त कायम भएको मुद्दाको तथ्यगत अवस्था र पछिल्लो मुद्दाको तथ्यगत अवस्था समान प्रकृतिको छ वा छैन भन्ने सम्बन्धमा अत्यन्त सावधानिकताको साथ हेरिनुपर्ने । न्याय एउटा अमूर्त कुरा भए तापनि अनुभूति गर्न सकिने किसिमको हुनुपर्ने । न्यायलाई निरपेक्ष ढङ्गले हेरिनु नहुने । मुद्दाको विषयवस्तु, अवस्था, परिस्थिति र सम्बद्ध कानूनको सापेक्षतामा न्याय खोज्नुपर्ने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11212
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2079/04/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
मुद्दा नं.०७४-CR-१६७६ | ०७१-DP-२८५८ | ०७२-DP-१०५३ | ०७४-RI-०४८४ | ०७४-RI-०४८५
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11212
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्