राजस्व न्यायाधिकरणले गरेको फैसलाउपर राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ बमोजिम पुनरावेदन गर्न अनुमति पाई मुद्दाको तथ्यमा प्रवेश गरी यस अदालतबाट फैसला भएको छ भने उक्त फैसला न्याय प्रशासन ऐन, २०७३ को दफा ११ बमोजिम तोकिएको आधारमा पुनरावलोकन हुनसक्छ तर पुनरावेदन…
सजाय "कम गर्ने" भन्नु र "सजाय कट्टा गर्ने" भन्नु उस्तै वा समान-अर्थी र समान परिणाम पैदा हुने कुराहरू हुन् । कानूनका फरक प्रावधानमा सजाय "कम गर्ने" र सजाय "कट्टा गर्ने" भनी फरक अभिव्यक्ति प्रयुक्त भएको कुरालाई फैसलाअनुसार ठहर भएको सजाय अवधि घटाउने वा छोट्याउने…
अंश मुद्दाबाट अन्य अंशियारको समेत बन्डा लाग्ने ठहरी फैसला भइसकेको अवस्थामा अंश मुद्दा नै नपरेको वा अंश मुद्दाबाट अन्य अंशियारहरूलाई बन्डा गर्नुपर्ने ठहर नभएको आफ्नो निजी हकको सम्पत्ति जस्तो गरी स्वामित्व हस्तान्तरण हुने गरी लिखत पारित गर्न सक्ने अवस्था नरहने ।…
आपसी सहमतिले बाटोको लागि जग्गा छाडिसकेको अवस्थामा प्रतिवादीले बाटो नछाडेको भन्ने आधारमा वादीको जग्गा खिचोला गरेको भनी भन्न नमिल्ने । जग्गा खिचोला हुन प्रतिवादीले वादीको जग्गा आफ्नोमा मिचे घुसाएको हुनुपर्ने । (प्रकरण नं. २)
सरकारी सम्पत्ति, नदी नाला, वन जङ्गललगायत अन्य सार्वजनिक जग्गाहरू राष्ट्रको अमूल्य सम्पत्ति भएको हुँदा यस्तो सम्पत्तिको सुरक्षा गर्नु आम नागरिकको कर्तव्य हुने । नेपालको संविधानको धारा ४८(घ) ले समेत सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु प्रत्येक नागरिकको कर्तव्य हु…
बन्डापत्रमा वादीहरूको हक समाप्त भएको स्पष्टरूपमा उल्लेख नभएको अवस्थामा आमाको नाउँमा एकलौटी दर्ता भएकै आधारमा पैतृक स्रोतबाट प्राप्त त्यस्तो जग्गाहरूमा निजले आफूखुस गर्न पाउने सम्पत्ति हो वा उक्त जग्गाहरूबाट वादीहरूको हक समाप्त भएको अर्थ गर्नु अंशसम्बन्धी अवधार…
सेवाको सर्त र सुविधा तोकिएबमोजिम हुने भन्ने किसिमको व्यवस्था ऐनमा गरी कर्मचारीलाई सेवा सुविधाको आशामा सेवामा राखिरहने, शिक्षकहरूको हकमा नियमावली बनाई सेवाको सर्त र सुविधा पनि तोक्ने तर बिसौं वर्ष सेवा गर्दासम्म पनि शिक्षक सँगसँगै एउटै विद्यालयमा कार्यरत कर्मचा…
विद्यालयमा आफ्नो छोरा छोरी पठनपाठन गरेको विद्यार्थीको अभिभावकले सो विद्यालयको पठन पाठनलगायत विद्यार्थी संख्या के कति छ विद्यालयको बजेट एवं अनुदान रकम के कसरी प्रयोग भइरहेको छ सोको जानकारी सूचना माग गर्नु हरेक अभिभावकको अधिकार हो भने विद्यालयले सोको जानकारी उपल…
माथिल्लो श्रेणीको शैक्षिक योग्यता पुगिरहेकोमा सो पदभन्दा मुनिको पदमा शैक्षिक योग्यता नै नपुगेको भनी अर्थ गरी निवेदकहरूको दरखास्त रद्द गरिएको निर्णयलाई कानून र विवेकसम्मत मान्न नमिल्ने । आयोगले गरेको निर्णयको विरूद्धमा विवाद परी सो विवाद अदालतमा प्रवेश गरी अन्त…
भविष्यमा हुने घटनाबाट हुने जोखिमबाट राहत पाउने उद्देश्यले बिमा गरिने । बिमा सदैव भविष्यदर्शी हुने र बिमा गर्ने समयमा नै सो शुल्क (प्रिमियम) भुक्तान गर्नुपर्ने । निश्चित अवधिको लागि गरिने बिमा प्रिमियमबापत भएको खर्चलाई आर्थिक वर्षको आधारमा छुट्टाउनु व्यावहारिक…
एक पटक उपभोक्ता समूहलाई कुनै वन क्षेत्र हस्तान्तरण गरेपछि पनि उपभोक्ताले अन्य क्षेत्रफल थप गरिदिन माग गरेमा कानूनी प्रक्रिया पूरा गरी थप गरिदिन सकिने । यसरी हस्तान्तरित वन क्षेत्रमा रहेका ढलेपडेका रूखहरूको उचित व्यवस्थापनसमेत सामुदायिक वन उपभोक्ता समूहले गर्नु…
समान पुस्ताका अंशियारका बिचमा एकपटक व्यवहार प्रमाणबाट भएको अंशबन्डा अन्यथा प्रमाणित नभएसम्म निज अंशियारका बिचमा पुनः अंशबन्डा गर्ने हो भने उक्त कार्यले व्यक्तिको व्यक्तिगत सिप, परिश्रमको प्रतिफल निषेध हुने । (प्रकरण नं. ११) कानूनले पैतृक सम्पत्तिउपर सन्तानको अ…
मुद्दा चल्दाचल्दै मृत्यु भएको अंशियारले दिएको बकसपत्रको सम्पत्ति सो परिवारको सगोलकै सम्पत्ति देखिने । अदालतबाट निर्णय निरूपण हुन बाँकी रहेकै अवस्थामा मृत्यु भएका व्यक्तिले सो परिवारको अंश हक लाग्ने सम्पूर्ण सम्पत्ति एक जना अंशियारलाई मात्र बकस गरिदिएका कारण सो…
सिंहदरबार वैद्यखाना समितिको अनुरोधमा मात्र मन्त्रालयले प्रशासकीय प्रमुख काजमा खटाउनसक्ने देखिँदा त्यस्तो अनुरोध गर्न सिंहदरबार वैद्यखाना स्वतन्त्र र स्वायत्त रहेको मानिने । काज वा सरूवा गर्न सक्ने कार्य माथिबाट होइन तलबाट प्रक्रिया पूरा गरी मन्त्रालयमा जानुपर्…
पशुपति महास्नान पोता गुठी राजगुठी रहेकोमा विवाद छैन । राजगुठीको जग्गालाई रैतान नम्बरी कायम गर्न नमिल्ने । कानूनसम्मत स्रेस्ता प्रमाणको अभावमा नगद पोत बुझाई आएको भन्ने एक मात्र तर्कको आधारमा राजगुठीको जग्गा रैतानी नम्बरी हो भन्न नमिल्ने । नगदीमा पोत बुझाएको भन्…
कसैको सम्पत्ति बकसपत्रबाट प्राप्त गर्दा बकसपत्र गरिदिने व्यक्तिले निजले मलाई पालनपोषण वा संरक्षण गरी रिझाएबापत इनाम, पुरस्कार वा बक्सिस स्वरूप प्रदान गरेको हुँ भनी उल्लेख गरी कसैलाई निःशुल्क प्रदान गर्ने कार्यले बकसपत्रको रूप लिन्छ । कुनै व्यक्तिले आफ्नो हक पु…
यदि कुनै व्यक्तिको सँगसाथ वा नियन्त्रणमा रहेको अवस्थामा कुनै चीजवस्तु बरामद भएमा actual possession हुने र यदि कुनै व्यक्तिको साथमा नै कुनै चीजवस्तु नभए पनि सो वस्तुबारे निजको थाहा जानकारीमा भई सो चिजवस्तु आफूले पनि राख्न वा नियन्त्रण लिन सक्ने (ability to con…
जहाँ बदलाको भाव उत्पन्न हुन्छ त्यहाँ आवेशको स्थान नरहने । आवेशमा आई होस गुमाएको मानिसले चुल्ठोमा समाई अनुहार आफूतर्फ फर्काई निधारजस्तो संवेदनशील अंग यकिन गरी पटकपटक प्रहार गर्ने अवस्था नहुने । भुइँमा लडेपछि पनि घाँटीमा च्याप्ने, चिउँडोमा टोक्नेलगायतका आक्रमण प…
जग्गा दर्ताको विषय सामान्य माग दाबीको आधारमा मात्र कायम हुने होइन । दाबीकर्ताले दर्ता बाँकी रहेको जग्गा आफ्नो हकभोगको हो भन्ने देखाउन साबिक स्रोत स्पष्टसँग खुलाउन सक्नुपर्ने । दाबी गरिएको जग्गामा आफ्नो स्वामित्व रहेको पुष्टि गराउन पर्याप्त र विवादरहित प्रमाण प…
पुरातत्त्व विभागले राष्ट्रिय कानून र नेपालले प्रतिवद्धता व्यक्त गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौतासमेतको पृष्ठभूमिमा प्राचीन सम्पदालाई आफैँ संरक्षित गर्ने वा मौलिक स्वरूपमा कुनै परिवर्तन नआउने गरी कुनै स्थानीय निकायलाई संरक्षण गर्ने गरी सहमति मात्रै दिन सक्ने…
कुनै चल अचल सम्पत्ति पाउने छोरा /बुहारी जस्ता सम्बन्धित व्यक्ति वा प्रत्यक्ष स्वार्थ गाँसिएको व्यक्तिहरूबिच सम्पत्ति भागबन्डाको विषयमा भविष्यका लागि केही सर्तहरू राखी लिखत गरेको रहेछ भने त्यस्तो सम्बन्धित व्यक्तिले सोही सम्पत्तिको बाँडफाँट, रजिस्ट्रेसन, किनबेच…
मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं.अन्तर्गतको कसुरदार यकिन पहिचान भएपछि मात्र ऐ.१७ नं.अन्तर्गत मतियारको भूमिकाबारे न्याय निरूपण हुने । वारदात परिदृश्यमा अस्तित्वमा रहेको यकिन नै नभएको व्यक्तिलाई मुख्य भूमिकामा रहेको मानी वारदातमा उपस्थित अन्य सबै प्रतिवादी…
कुनै पनि सार्वजनिक खरिद तथा निर्माण कार्यको लागि निर्धारित कानूनबमोजिमको प्रक्रिया पूरा भई सम्झौतासमेत भइसकेको अवस्थामा उक्त सम्झौता र सोका सर्तहरू नै सार्वजनिक खरिद र निर्माण प्रक्रिया व्यवस्थापनका आधारहरू हुने । यसप्रकार निर्माण सम्झौतामा मूल्य वृद्धिको प्रा…