नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11265 · वि.सं. २०८१

नि.नं. 11265 — अंश नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुद्दा चल्दाचल्दै मृत्यु भएको अंशियारले दिएको बकसपत्रको सम्पत्ति सो परिवारको सगोलकै सम्पत्ति देखिने । अदालतबाट निर्णय निरूपण हुन बाँकी रहेकै अवस्थामा मृत्यु भएका व्यक्तिले सो परिवारको अंश हक लाग्ने सम्पूर्ण सम्पत्ति एक जना अंशियारलाई मात्र बकस गरिदिएका कारण सोमा अरू अंशियारको अंश हक मर्न जाने भएकाले त्यस्तो सम्पत्तिलाई सगोलकै मान्नुपर्ने । (प्रकरण नं. ५) जीवित अंशियारले अंशियारमध्येकै एकजनालाई मात्र गरेको बकसपत्र सम्पत्ति बन्डा प्रयोजनको लागि पैतृक नै हुने । अंश भई नसकेको अवस्थामा परेको अपुताली, अपुतालीको सम्पत्ति नभई सगोलको पैतृक सम्पत्ति देखिँदा जीवित रूपमा रहेका अंशियारको बिचमा बन्डा गरिदिनुपर्ने अंशबन्डासम्बन्धी मान्यता र प्रचलित कानूनको मनसाय रहँदा मृत्यु भइसकेको व्यक्तिबाट रीतपूर्वक कुनै अंश हक प्राप्त नगरेको स्थितिमा बाँकी जीवित अंशियारहरूको बिचमा पैतृक सम्पत्ति बराबर बाँडिदिनु न्यायोचित हुने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11265
मुद्दाको विषयअंश नामसारी
निर्णय वर्ष / मिति2079/05/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७४-CI-०७७८ | ०७४-CI-०७७९
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11265
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्