नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11258 · वि.सं. २०८१
नि.नं. 11258 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
पुरातत्त्व विभागले राष्ट्रिय कानून र नेपालले प्रतिवद्धता व्यक्त गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौतासमेतको पृष्ठभूमिमा प्राचीन सम्पदालाई आफैँ संरक्षित गर्ने वा मौलिक स्वरूपमा कुनै परिवर्तन नआउने गरी कुनै स्थानीय निकायलाई संरक्षण गर्ने गरी सहमति मात्रै दिन सक्ने भन्ने देखिएकोले संरक्षणबाहेकको कुनै पनि थप निर्माण गर्ने अधिकार स्थानीय तहलाई भए रहेको नदेखिने । (प्रकरण नं. २५) जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहमतिको नाउँमा हिजोका पुस्ताले निर्माण गरेका संरचनालाई आजका पुस्ताले विस्थापित गर्न मिल्दैन । लगन दरबार रहेको स्थानमा लगन पार्क भन्ने नयाँ नाम दिएर ऐतिहासिक पुरातात्त्विक महत्त्वका सम्पदालाई भत्काउने नभई पुरानै तथा मौलिक स्वरूपमा पुनःनिर्माण गरिनु पर्दछ । सहमतिको नाममा मौलिक स्वरूप परिवर्तन गरी नयाँ, आधुनिक कङ्क्रिटबाट त्यस्ता पुरातात्त्विक महत्त्वका कला, संस्कृति, सम्पदाहरू मासिने, नासिने गरी संरचना बनाउन कानूनतः नमिल्ने । (प्रकरण नं. २७) दरबारको संरचनाको मूल स्वरूप, आकृति, मौलिकता तथा क्षेत्रफल आदिसमेत परिवर्तन नहुने गरी पुर्नःनिर्माणको निर्णय गर्ने वा मर्मत सम्भार र अन्य प्रकृतिबाट संरक्षण गर्ने कार्यको जिम्मेवारी नेपाल सरकार, पुरातत्त्व विभागलाई भएको देखिएबाट काठमाडौं महानगरपालिका नगर सभासँग सो सम्बन्धमा निर्णय गर्न पाउने अधिकार तथा कार्यक्षेत्र नभएको देखिने । (प्रकरण नं. २८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11258 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2079/08/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| मुद्दा नं. | ०७७-WO-०१२८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11258 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
