नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11273 · वि.सं. २०८१
नि.नं. 11273 — दूषित शेषपछिको बकसपत्र बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
बन्डापत्रमा वादीहरूको हक समाप्त भएको स्पष्टरूपमा उल्लेख नभएको अवस्थामा आमाको नाउँमा एकलौटी दर्ता भएकै आधारमा पैतृक स्रोतबाट प्राप्त त्यस्तो जग्गाहरूमा निजले आफूखुस गर्न पाउने सम्पत्ति हो वा उक्त जग्गाहरूबाट वादीहरूको हक समाप्त भएको अर्थ गर्नु अंशसम्बन्धी अवधारणाको प्रतिकूल हुने । पैतृक सम्पत्तिको हकमा बन्डापत्रमा नै स्पष्ट रूपमा यो यति सम्पत्ति कुनै अंशियारको मात्र हक लाग्ने वा यो यस्तो सम्पत्ति यो अंशियारले मात्र खाने भन्ने स्पष्ट रूपले उल्लेख भएबाहेक बन्डापत्र मौन रहेको अवस्थामा कुनै सम्पत्ति यो यस्तो अंशियारको एकलौटी हुने एवम् अन्य अंशियारको हक नलाग्ने वा सो सम्पत्तिबाट कुनै अंशियारको हक समाप्त भएको अर्थ गर्नु न्यायोचित्त नहुने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11273 |
|---|---|
| मुद्दाको विषय | दूषित शेषपछिको बकसपत्र बदर |
| निर्णय वर्ष / मिति | 2079/04/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७१-CI-१६०५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11273 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
