नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11259 · वि.सं. २०८१
नि.नं. 11259 — रैकर परिणत जग्गा दर्ता गरी हक कायमसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
जग्गा दर्ताको विषय सामान्य माग दाबीको आधारमा मात्र कायम हुने होइन । दाबीकर्ताले दर्ता बाँकी रहेको जग्गा आफ्नो हकभोगको हो भन्ने देखाउन साबिक स्रोत स्पष्टसँग खुलाउन सक्नुपर्ने । दाबी गरिएको जग्गामा आफ्नो स्वामित्व रहेको पुष्टि गराउन पर्याप्त र विवादरहित प्रमाण पुर्याएको हुनुपर्ने । कुनै पनि जग्गामा दाबीकर्ताको कानूनबमोजिमको हक रहेको भन्ने स्पष्ट स्रोत पुष्टि नभई त्यस्तो जग्गाउपर त्यस्ता व्यक्तिको कुनै प्रकारको हक स्थापित हुन नसक्ने । (प्रकरण नं. ६) विवादमा रहेको जग्गा वादी प्रतिवादीहरूकै जग्गा हो भन्ने यकिन आधार नभएको अवस्थामा मुद्दाका पक्षहरूमध्येकै कसैको नाममा जग्गा दर्ता हक कायम हुनुपर्छ भनी अदालतले निर्णय गर्न नसक्ने । प्रमाण पुर्याई आउने व्यक्तिले कानूनबमोजिम जग्गा दर्ता गराउन सक्ने नै हुँदा प्रस्तुत मुद्दामा रहेका वादी प्रतिवादीहरूकै नाममा जग्गा दर्ता गरिदिनुपर्छ भन्ने दाबी तथा जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11259 |
|---|---|
| मुद्दाको विषय | रैकर परिणत जग्गा दर्ता गरी हक कायमसमेत |
| निर्णय वर्ष / मिति | 2079/07/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल |
| मुद्दा नं. | ०७३-CI-०३५८ | ०७३-CI-०५८८ | ०७३-CI-१३१३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11259 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
