नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11260 · वि.सं. २०८१
नि.नं. 11260 — जबरजस्ती करणी गरी मारेको कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
जहाँ बदलाको भाव उत्पन्न हुन्छ त्यहाँ आवेशको स्थान नरहने । आवेशमा आई होस गुमाएको मानिसले चुल्ठोमा समाई अनुहार आफूतर्फ फर्काई निधारजस्तो संवेदनशील अंग यकिन गरी पटकपटक प्रहार गर्ने अवस्था नहुने । भुइँमा लडेपछि पनि घाँटीमा च्याप्ने, चिउँडोमा टोक्नेलगायतका आक्रमण प्रतिवादीले मृतकउपर गरेको पुष्टि भएको अवस्थाले प्रतिवादीमा आवेशको स्थिति समाप्त भई उद्देश्यमूलक आक्रमणमा संलग्न भएको मान्नुपर्ने । भौतिक प्रहारपछि प्रतिवादीले मृतकलाई जबरजस्ती करणीसमेत गरेको प्रमाणित भएको अवस्थामा यस्तो वारदातलाई आवेश प्रेरित हत्याको कसुर मान्न नमिल्ने । जबरजस्ती करणीको निमित्त गरिने निर्मम हिंसाको स्वरूप नै मान्नुपर्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11260 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी गरी मारेको कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2080/01/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना |
| मुद्दा नं. | ०७४-CR-०५०९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11260 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
