नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11264 · वि.सं. २०८१

नि.नं. 11264 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

सिंहदरबार वैद्यखाना समितिको अनुरोधमा मात्र मन्त्रालयले प्रशासकीय प्रमुख काजमा खटाउनसक्ने देखिँदा त्यस्तो अनुरोध गर्न सिंहदरबार वैद्यखाना स्वतन्त्र र स्वायत्त रहेको मानिने । काज वा सरूवा गर्न सक्ने कार्य माथिबाट होइन तलबाट प्रक्रिया पूरा गरी मन्त्रालयमा जानुपर्ने विषय देखिने । (प्रकरण नं । २) कानूनको शासन भएको देशमा तल्लो तहको अधिकारीलाई दिइएको अधिकार सामान्य अवस्थामा समेत आधार र कारण नखोली माथिल्लो तहको अधिकारी वा निकायले समेत प्रयोग गर्नु हुँदैन भन्ने मान्यता राखिने । त्यस्तो मान्यताविपरीत मन्त्रालयको सचिवको अधिकार मन्त्रीले प्रयोग गर्नुपर्ने कारण के थियो भन्ने सम्बन्धमा कुनै आधार कारण स्पष्ट नखुलाई तल्ला पदाधिकारीलाई कानूनले प्रदान गरेको अधिकार आधार र कारणबेगर माथिल्लो पदाधिकारीले प्रयोग गर्न कानूनको शासनको मान्यताविपरीत देखिने । (प्रकरण नं । ५) सिंहदरबार वैद्यखाना नेपालको परम्परागत आयुर्वेदिक प्रकृतिका र आमरूपमा जनसाधारणले रूचाएका औषधीहरू उत्पादन गर्ने एक प्रतीकात्मक बिम्बको रूपमा रहेको । यस्तो ऐतिहासिक महत्त्व भएको, परम्परागत आयुर्वेदिक औषधीहरू उत्पादनको ज्ञान र प्रक्रिया अन्तर्निहित रहेको संस्थाको संरक्षण गरी कुनै प्रकारको प्रशासनिक वा अन्य प्रकारको हस्तक्षेप नगरी स्वच्छ उत्पादन र प्रभावकारी वितरणको व्यवस्था मिलाउनु स्वयम् सिंहदरबार वैद्यखाना र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कर्तव्यभित्रको विषय हुने । यस्तो कर्तव्यबाट पलायन भई हस्तक्षेप गरी औषधी उत्पादन र वितरणमा प्रभाव पार्ने, औषधी उत्पादनमा परम्परागत ज्ञान र प्रक्रियालाई प्रभाव पारी लोपोन्मुख गराउने कार्य अक्षम्य प्रकृतिको देखिने । (प्रकरण नं । ९) सिंहदरबार वैद्यखाना जस्तो इतिहास, परम्परागत ज्ञान र औषधी जस्तो स्वास्थ्य सेवाको अति आवश्यक उत्पादन र वितरण गर्नुपर्ने ठाउँमा मन्त्रालयका सचिवले आफैँले गर्नुपर्ने कार्य नगरी मन्त्रीस्तरबाट भए गरेको कार्य कानूनसम्मत नदेखिने । (प्रकरण नं । १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11264
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2080/01/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७९-WO-०३९३
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11264
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्