नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11278 · वि.सं. २०८१
नि.नं. 11278 — मूल्य अभिवृद्धि कर (२०६४ साउनदेखि २०६७ मङ्सिरसम्म)
सिद्धान्त / नजिर सार (Headnote Summary)
राजस्व न्यायाधिकरणले गरेको फैसलाउपर राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ बमोजिम पुनरावेदन गर्न अनुमति पाई मुद्दाको तथ्यमा प्रवेश गरी यस अदालतबाट फैसला भएको छ भने उक्त फैसला न्याय प्रशासन ऐन, २०७३ को दफा ११ बमोजिम तोकिएको आधारमा पुनरावलोकन हुनसक्छ तर पुनरावेदन गर्ने अनुमति प्राप्त नभई राजस्व न्यायाधिकरणको फैसला नै अन्तिम भई बसेको अवस्थामा अनुमति प्राप्त नहुने गरी भएको आदेशलाई फैसलासरह मानी पुनरावलोकन हुन नसक्ने । अदालतले एकचोटि मुद्दामा पुनरावेदनको अनुमति प्राप्त हुन नसक्ने भनी आदेश गरिसकेको अवस्थामा प्रचलित कानूनबमोजिमको मुनासिब आधार र कारणबिना पुनः सोही विषयमा निर्णय हुन नसक्ने । प्राङन्यायको सिद्धान्तले समेत यसलाई अङ्गीकार नगर्ने । पुनरावेदन गर्न अनुमति दिन नपर्ने भनी गरेको आदेशलाई फैसला मान्न नसकिने । सर्वोच्च अदालतले आफूले गरेको मुद्दाको पुनरावलोकन गर्न आफैँले मुद्दाको रोहमा फैसला गरेको र न्याय प्रशासन ऐन, २०७३ को दफा ११ ले तोकेको कानूनी आधारमा टेकेको हुनुपर्ने । (प्रकरण नं । ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11278 |
|---|---|
| मुद्दाको विषय | मूल्य अभिवृद्धि कर (२०६४ साउनदेखि २०६७ मङ्सिरसम्म) |
| निर्णय वर्ष / मिति | 2080/02/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11278 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
