नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11270 · वि.सं. २०८१

नि.नं. 11270 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

माथिल्लो श्रेणीको शैक्षिक योग्यता पुगिरहेकोमा सो पदभन्दा मुनिको पदमा शैक्षिक योग्यता नै नपुगेको भनी अर्थ गरी निवेदकहरूको दरखास्त रद्द गरिएको निर्णयलाई कानून र विवेकसम्मत मान्न नमिल्ने । आयोगले गरेको निर्णयको विरूद्धमा विवाद परी सो विवाद अदालतमा प्रवेश गरी अन्तिम फैसला भइसकेको र समान विषय प्रसङ्गका सम्बन्धमा सैद्धान्तिक, अवधारणागत र कानूनी प्रश्नमा व्याख्यासमेत गरी अदालतबाट दिएको आदेश कुनै व्यक्ति विशेषको हकमा मात्र लागु हुने भन्ने हुँदैन । यसरी अदालतले गरेको व्याख्या सबैलाई समान रूपमा लागु गर्नु गराउनु, सोको अनुशरण गर्नु, गराउनु विपक्षीहरूको कानूनी जिम्मेवारी हुने । नेपालको संविधानको धारा १२८ को उपधारा (२) ले गरेको “संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुने छ” भन्ने व्यवस्थाको जानकारी विपक्षी निकायलाई यस अदालतले पटकपटक स्मरण गराउनुपर्ने होइन, यो न्यायिक जानकारीमा रहने विषयमा अनभिज्ञ रहेको जस्तो देखिने गरी कुनै निकायले एकै विषयमा पटकपटक कुनै व्यक्तिलाई अदालत धाउनुपर्ने बाध्यता सिर्जना गर्ने कामले एकातिर देशको सुशासन स्थापित हुन सक्दैन भने अर्कोतिर निर्णय गर्ने अधिकारीको नियत, कार्यदक्षता र क्षमताउपर पनि प्रश्न उठ्ने । विपक्षी बनाइएका निकायहरूले विगतका अदालतका आदेश, निर्णय र व्याख्यालाई सारमा कार्यान्वयन गरेमा मात्र त्यस्ता निकायको प्रभावकारिता तथा विश्वसनीयता अभिवृद्धि हुने । लोक सेवा आयोग जस्तो उच्च जनविश्वास आर्जन गरेको संवैधानिक निकायले तथा सो मातहतको कार्यालयसमेतले अदालतको आदेशबाट स्थापित भएको मान्यताको सम्बन्धमा व्यक्ति विशेषको हकमा मात्र लागु नगरी सबै परीक्षार्थीहरूमा समान रूपमा लागु गरी समन्वय कायम गर्दा मात्र आयोगको कार्यसम्पादनमा एकरूपता कायम हुने । (प्रकरण नं । ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11270
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2079/05/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11270
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्