नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11267 · वि.सं. २०८१

नि.नं. 11267 — मिलेमतोमा अनियमित रूपमा काठ कटान गरी भ्रष्टाचार गरेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

एक पटक उपभोक्ता समूहलाई कुनै वन क्षेत्र हस्तान्तरण गरेपछि पनि उपभोक्ताले अन्य क्षेत्रफल थप गरिदिन माग गरेमा कानूनी प्रक्रिया पूरा गरी थप गरिदिन सकिने । यसरी हस्तान्तरित वन क्षेत्रमा रहेका ढलेपडेका रूखहरूको उचित व्यवस्थापनसमेत सामुदायिक वन उपभोक्ता समूहले गर्नुपर्ने । चोरी नोक्सानी हुन सक्ने अवस्थाबाट जोगाउनलगायत कतिपय व्यावहारिक आवश्यकता र औचित्यका आधारमा वन ऐन, २०४९ को दफा २६ बमोजिम वनक्षेत्र थप गरी कार्ययोजना नवीकरण गर्न मिल्ने । सामुदायिक वन उपभोक्ता समूहलाई विवादित काठ कटान भएको वन क्षेत्र हस्तान्तरण गरिएको काम कुरालाई कानून प्रतिकूल कार्य भनी मान्न नमिल्ने । (प्रकरण नं ।५) हावा-हुरीले ढलेका केही रूखहरूको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको र अनुमानित परिमाणमा कटानपछिको वास्तविक परिमाणमा केही सामान्य अन्तर देखिनु सामान्य विषय देखिएको समेत हुँदा काठको स्वीकृत परिमाण र कटानपछिको परिमाणमा देखा परेको सामान्य फरकलाई लिएर नै भ्रष्टाचारको कसुर ठहर गर्नु मनासिब नदेखिने । (प्रकरण नं ।६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11267
मुद्दाको विषयमिलेमतोमा अनियमित रूपमा काठ कटान गरी भ्रष्टाचार गरेको
निर्णय वर्ष / मिति2079/09/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11267
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्