नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11271 · वि.सं. २०८१
नि.नं. 11271 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
विद्यालयमा आफ्नो छोरा छोरी पठनपाठन गरेको विद्यार्थीको अभिभावकले सो विद्यालयको पठन पाठनलगायत विद्यार्थी संख्या के कति छ विद्यालयको बजेट एवं अनुदान रकम के कसरी प्रयोग भइरहेको छ सोको जानकारी सूचना माग गर्नु हरेक अभिभावकको अधिकार हो भने विद्यालयले सोको जानकारी उपलब्ध गराउनु उसको कानूनबमोजिमको दायित्व हुने । (प्रकरण नं.२) सार्वजनिक विद्यालय र यसका व्यवस्थापन समिति कानूननद्वारा सिर्जित सार्वजनिक संस्था भएको भन्ने देखिने । यिनीहरूले विकेन्द्रीकरण वा अधिकार निक्षेपको अवधारणाअनुसार राज्यको दायित्व निर्वाह गरिरहेका हुने । यसरी कानूनबाट सिर्जित राज्यको जिम्मेवार निकायमा बसेकाहरूले आफू मातहतका संयन्त्रलाई स्वच्छ र पारदर्शी बनाई कानूनमा उल्लेख भएको विधि र प्रक्रियालाई अक्षरशः पालना गरी सेवाग्राही, लक्षित वर्ग तथा राज्यको अपेक्षाअनुरूप छिटो, छरितो र प्रभावकारी माध्यमबाट तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने । जिम्मेवारी लिनेले आफ्नो व्यवस्थापकीय कौशलता प्रयोग गरी ऐन कानूनले तोकेको जिम्मेवारी इमान्दारीका साथ बहन गर्नुपर्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11271 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2079/02/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल |
| मुद्दा नं. | ०७१-CI-०२९१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11271 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
