नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11272 · वि.सं. २०८१
नि.नं. 11272 — परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
सेवाको सर्त र सुविधा तोकिएबमोजिम हुने भन्ने किसिमको व्यवस्था ऐनमा गरी कर्मचारीलाई सेवा सुविधाको आशामा सेवामा राखिरहने, शिक्षकहरूको हकमा नियमावली बनाई सेवाको सर्त र सुविधा पनि तोक्ने तर बिसौं वर्ष सेवा गर्दासम्म पनि शिक्षक सँगसँगै एउटै विद्यालयमा कार्यरत कर्मचारीको हकमा सोबमोजिमको सेवाको सर्त र सुविधा नतोक्ने कार्य न्यायोचित नदेखिने । (प्रकरण नं. ३) ऐनमै तोकिएबमोजिमको सुविधा पाउने व्यवस्था भएपछि अब नियम नबनाइएला वा सुविधा तोक्ने कुनै नियम नबन्ला भनेर कसैले कल्पना गर्ने कुरा स्वाभाविक नहुने । ऐनमा सरकारद्वारा गरिएको प्रतिबद्धताले विद्यालय कर्मचारीहरूमा सुविधा पाउने अपेक्षा बन्ने र त्यस्तो अपेक्षालाई वैध अपेक्षा भन्नुपर्ने । साथै एउटै विद्यालयमा कार्यरत शिक्षकले सुविधा पाउने तर कर्मचारीले सुविधा नपाउने भन्ने कुरा न्यायकै रोहमा पनि नमिल्ने । (प्रकरण नं. ५) शिक्षा ऐन, २०२८ को दफा १६ठ को उपदफा (२) मा विद्यालय कर्मचारीले पनि तोकिएबमोजिमको सुविधा पाउने गरी व्यवस्था भएको देखिएको, कर्मचारीको हकमा निवृत्तिभरणलगायतको सुविधा पाउन नसक्ने गरी कुनै स्पष्ट व्यवस्था भएको नपाइएको, तोकिएबमोजिमको सुविधा पाउने गरी ऐनमा भएको व्यवस्थाबाट विद्यालयमा कार्यरत कर्मचारीमा एउटै विद्यालयमा कार्यरत शिक्षकसरहको सुविधा पाउने वैध अपेक्षा बन्नु स्वाभाविक देखिने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11272 |
|---|---|
| मुद्दाको विषय | परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2079/05/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७५-WO-११४६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11272 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
