नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11274 · वि.सं. २०८१
नि.नं. 11274 — छुट जग्गा दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
सरकारी सम्पत्ति, नदी नाला, वन जङ्गललगायत अन्य सार्वजनिक जग्गाहरू राष्ट्रको अमूल्य सम्पत्ति भएको हुँदा यस्तो सम्पत्तिको सुरक्षा गर्नु आम नागरिकको कर्तव्य हुने । नेपालको संविधानको धारा ४८(घ) ले समेत सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु प्रत्येक नागरिकको कर्तव्य हुने छ भनी तोकेको अवस्थामा कसैबाट पनि सार्वजनिक सम्पत्ति व्यक्तिगतरूपमा दर्ता गरी भोग गर्ने प्रयास गर्ने कार्य हुनुलाई उचित मान्न नमिल्ने । (प्रकरण नं ।८) जग्गा दर्ताको विषय मालपोत कार्यालयको क्षेत्राधिकारभित्र पर्न आउने देखिँदा दाबी लिएको जग्गाको वास्तविक भोगको अवस्था स्थिति तथा पेस भएका प्रमाणहरूको मूल्याङ्कन गरी जग्गा दर्ता हुने वा नहुने सम्बन्धमा मालपोत कार्यालयले निर्णय गर्नुपर्ने । वनको सार्वजनिक सरकारी जग्गा भनी प्रश्न उठिसकेपछि सो जग्गाको नापजाँच सर्जमिन गरी यथार्थ के हो यकिन गर्नुपर्ने । (प्रकरण नं । १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11274 |
|---|---|
| मुद्दाको विषय | छुट जग्गा दर्ता |
| निर्णय वर्ष / मिति | 2078/11/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11274 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
