नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11261 · वि.सं. २०८१
नि.नं. 11261 — लागु औषध (अफिम)
सिद्धान्त / नजिर सार (Headnote Summary)
यदि कुनै व्यक्तिको सँगसाथ वा नियन्त्रणमा रहेको अवस्थामा कुनै चीजवस्तु बरामद भएमा actual possession हुने र यदि कुनै व्यक्तिको साथमा नै कुनै चीजवस्तु नभए पनि सो वस्तुबारे निजको थाहा जानकारीमा भई सो चिजवस्तु आफूले पनि राख्न वा नियन्त्रण लिन सक्ने (ability to control the object) भएमा वा कसुरबाट बच्न सावधानी अपनाई अन्य कसैलाई राख्न दिने वा कुनै स्थानमा राख्नेसमेतका कार्यसमेत भएमा possession भएको मानिने । प्रतिवादीबाट लागु औषध (अफिम) को झोला बरामद भएकाले निजले वास्तविक कब्जा (actual possession) र सो चिजवस्तुबारे पूर्णतः ज्ञान जानकारी भई आफैँले तारतम्य मिलाइदिएको चिजवस्तु बरामद हुँदा उपस्थित नभए पनि अर्का प्रतिवादीको सो चिजवस्तुमा constructive possession रहेको मानिने । प्रतिवादीहरूले सँगसाथ लागु औषध अफिम बोकी योजनाबद्ध रूपमा ओसारपसार गरी बिक्री वितरण गर्न हरउपाय अवलम्बन गर्दै गरेको बखत बरामद भएकाले निजहरू उक्त कसुर कार्यमा शंकारहित तवरबाट संलग्न रहेको देखिने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11261 |
|---|---|
| मुद्दाको विषय | लागु औषध (अफिम) |
| निर्णय वर्ष / मिति | 2080/04/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल |
| मुद्दा नं. | ०७५-CR-०१०९ | ०७४-CR-१०९४ | ०७४-CR-०९७७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11261 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
