नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11276 · वि.सं. २०८१
नि.नं. 11276 — लिखत बदर दर्ता बदर दर्ता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंश मुद्दाबाट अन्य अंशियारको समेत बन्डा लाग्ने ठहरी फैसला भइसकेको अवस्थामा अंश मुद्दा नै नपरेको वा अंश मुद्दाबाट अन्य अंशियारहरूलाई बन्डा गर्नुपर्ने ठहर नभएको आफ्नो निजी हकको सम्पत्ति जस्तो गरी स्वामित्व हस्तान्तरण हुने गरी लिखत पारित गर्न सक्ने अवस्था नरहने । आफ्नो पूर्ण हक नै नभएको व्यक्तिले गरिदिएको लिखत स्वतः दूषित हुने भई त्यस्तो लिखतको अस्तित्व नै शून्य र प्रभावहीन हुने । यस्ता लिखतलाई हदम्याद नाघेको भनी मान्यता दिन नमिल्ने । (प्रकरण नं । ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11276 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर दर्ता बदर दर्ता कायम |
| निर्णय वर्ष / मिति | 2079/12/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11276 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
