सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २०१ नजिर अभिलेखमध्ये पृष्ठ ८ / ९

नि.नं. 9350वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण / परमादेश

कोही कसैलाई कानूनको विपरीत आफूले गरिरहेको काम कार्यवाहीलाई असर पार्ने गरी आर्थिक दायित्व थुपारेका र त्यसबाट निवेदकलाई क्षती पुग्न गएमा सरकार र आफ्नाबीचको कारोवारबाट करारीय दायित्वको अवस्था सिर्जना भएको खण्डमा त्यस्को उचित उपचार माग्ने छुट्टै व्यवस्था हुन सक्छ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9349वि.सं. २०७२संयुक्त इजलास

लागुऔषध

प्रतिवादीलाई पटकमा सजाय गर्न त्यस्तो अपराध भई अदालतबाट सजाय पाइसकेको हुनपर्ने अनिवार्य सर्तको रहेको देखिन्छ । एकै व्यक्तिउपर फरक वारदातमा एकै अदालतमा फरकफरक अभियोग दायर भई एकैदिन फैसला भएको अवस्थामा कुन वारदातको अभियोगमा पटक कायम गर्ने हो भन्ने कुरा कानूनले स्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9348वि.सं. २०७२संयुक्त इजलास

लेनदेन

लिखतमा ऋणीलाई ऋणको रकम बुझाउन भाखा दिएकामा सो अवधिसम्म धनीले ऋणीलाई रकम नमाग्ने वाचा गरेकोसम्म हो । तर सो अवधिभित्र धनीलाई रकमको आवश्यकता पर्‍यो भने आफ्नो रकम माग्नै नहुने भनी प्रतिबन्धित गर्ने र त्यसरी मागेमा थैली भुस हुनेकुरा गर्नु न्यायोचित नहुने । मुद्दा ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9347वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण / परमादेश

कानूननले नै अख्तियारवालाले प्रतिवादको मौका नदिई सजाय दिनुपूर्व नै प्रतिवादको मौका नदिनु पर्ने कारण खोली पर्चा खडा गरी राख्नुपर्ने अनि मात्र सजाय गर्नुपर्ने भनी अनिवार्य कार्यविधि तोकेकामा पहिले नै सजाय गर्ने अनि मात्र प्रतिवादको मौका दिन नपर्ने भनी पर्चा खडा ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9346वि.सं. २०७२संयुक्त इजलास

मानव बेचबिखन, बालविवाह, जबर्जस्ती करणी

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४(२) को खण्ड (ख) बमोजिम कसुर हुनको लागि कुनै पनि व्यक्तिको बेचविखन एवम्‌ ओसारपसारको कार्य सम्पन्न हुनै पर्ने भन्ने देखिँदैन । सो उद्देश्यको लागि त्यस्तो व्यक्तिलाई आफू बसिरहेको घर, स्थान तथा व्यक्तिबाट छुटाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9345वि.सं. २०७२संयुक्त इजलास

अंश चलन ।

अंश चलन

वादीले अंशबन्डा भएको लिखत छैन भन्ने मात्रै दावीको आधारमा मान्यता दिँदै जाने हो भने कहिल्यै पनि विवादको निरूपणको निश्चितता नै नहुने अवस्था उत्पन्न हुन्छ । अदालतले कानूनको व्याख्या गर्दा यस्तो अनिश्चयताको बढावा हुने गरी व्याख्या गर्न हुँदैन । अदालतले कानूनको व्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9343वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण / परमादेश

सम्पत्तिसम्बन्धी अधिकार प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार भएको र यस्तो अधिकारलाई संविधान एवम्‌ कानूनले संरक्षण गरेको पाइन्छ । नेपालको अन्तरिम संविधान, २०६३ लेसमेत सम्पत्तिको हकलाई मौलिक हकको रूपमा ग्रहण गरी प्रत्येक नागरिकलाई प्रचलित कानूनको अधीनमा रही सम्पत्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9342वि.सं. २०७२संयुक्त इजलास

लिखत बदर मिलापत्र बदर

वादीले आफूले राजीनामा गरी लिएको जग्गामा दोहोरो तेहोरो लिखत खडा भइसकेकामा थाहा नपाएको भनी २०३३ साल र २०४५ सालमा पारित लिखतलाई बदर गरी माग्न मिति २०५८/१/२३ मा उक्त कार्यहरूको नक्कल सारी थाहा भएको भनी मिति २०५८/१/२५ मा मात्रै फिराद लिई अदालत प्रवेश गरेको देखिन्छ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9341वि.सं. २०७२संयुक्त इजलास

बहुविवाह ।

बहुविवाह

श्रीमतीले अंश लिई भिन्न भई बसेको अवस्थामा लोग्नेले अर्को विवाह गर्न पाउने भए पनि अंश लिई छुट्टिभिन्न हुनुअघि नै अर्को विवाह गर्न पाउने छुट कानूनले प्रदान गरेको छैन । अर्को विवाह गरिसकेपछि अंश मुद्दा दिएको वा अंश प्राप्त गरेका कारणले पहिलो श्रीमती छुट्टिभिन्न न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9340वि.सं. २०७२संयुक्त इजलास

कारवाही गरी क्षतिपूर्तिसमेत दिलाइ पाऊँ

एउटै प्रकृतिको उही पक्षहरू बीच चलेको मुद्दामा एकपटक सक्षम अदालतबाट निर्णय भई उक्त निर्णय अन्तिम भएर बसेको अवस्थामा पुनः सोही विषयमा उजुर गर्न पाउने हक अ.बं. ८५ नं. को व्यवस्थाले वादीलाई रहे भएको नपाइने । (प्रकरण नं.६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 9339वि.सं. २०७२विशेष इजलास

उत्प्रेषण / परमादेश

प्राकृतिक व्यक्ति र कृत्रिम व्यक्तिको प्रकृति, हैसियत र अवस्था समान हुन सक्तैन । यही असमानताको कारण उक्त ऐनको व्यवस्थाअनुसार प्राकृतिक व्यक्तिमात्र परीक्षामा सामेल हुने सक्ने र परीक्षा उत्तीर्ण भएमा अनुवादक नोटरी व्यवसायको लागि प्रमाणपत्र प्राप्त गर्न सक्ने हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9338वि.सं. २०७२

रोक्का राखिएको जग्गा बदर गरिपाउँ

दुई पक्षबीच रहेको कुनै विवाद वा मुद्दाको तथ्यभित्र प्रवेश गरी त्यसमा देखिएका विवादित प्रश्नलाई विवेकसम्मत रूपमा निष्कर्षमा पुगी व्यक्त गरिएको रायलाई निर्णय, फैसला वा अन्तिम आदेशको रूपमा लिन मिल्ने हुन्छ । निर्णय, फैसला वा अन्तिम आदेश गर्ने अधिकार पाएको कुनै नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9337वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण

§ दुई फरकफरक विकासअन्तर्गत एउटा निकायको अस्थायी सेवा अवधि अर्को निकायको अस्थायी सेवा अवधिमा जोडी उपदानलगायतको सेवा सुविधा उपलब्ध गराउने व्यवस्था प्रचलित कानूनमा भएको नदेखिने । (प्रकरण नं. ४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 9336वि.सं. २०७२संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कानूनको निर्माण केवल औपचारिकताका लागि मात्र नभै निश्चित उद्देश्यका लागि पालना होस भनी गरिएको हुन्छ । कुनै विषयका सम्बन्धमा कानूनको निर्माण गरिएकोमा सोसम्बन्धी काम कारवाहीमा सो कानूनको पालना नगरिएमा सो कार्यले वैधता प्राप्त गर्न सक्तैन । व्यक्तिको वैयक्तिक स्तन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9335वि.सं. २०७२संयुक्त इजलास

जबर्जस्ती करणी

§ एउटा वयस्क र स्वस्थ महिला अथवा पुरूषलाई उहीसरहको महिला अथवा पुरूष एक्लैले निजको इच्छाविरूद्ध जबर्जस्ती करणी गर्न सक्तैन । पीडितले रोई कराई सङ्घर्ष आदि गरेर प्रतिरोध गर्नुपर्छ । पीडित तथा प्रतिवादीको शरीरमा प्रतिरोधको चिन्ह देखिनुपर्छ भनी पीडितको शरीर र उमेर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9334वि.सं. २०७२संयुक्त इजलास

कर्तव्य ज्यान

आत्मरक्षाको अधिकारको दावीगर्दाका बखत वारदातको समयमा शक्तिको प्रयोग अनिवार्य भएको तथ्य दावी गर्ने पक्षले नै स्थापित गर्न सक्नुपर्दछ । त्यस्तो शक्तिको प्रयोग अनिवार्य रहेको तथ्य नै स्थापित नगरी केवल आपराधिक दायित्वबाट बच्ने मनसायले लिएको जिकिरले कानूनीरूपमा पक्ष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9333वि.सं. २०७२संयुक्त इजलास

मानव बेचबिखन तथा ओसार पसार

§ कतिपय सङ्‍‌गिन प्रकृतिका फौजदारी अपराधमा पीडितले समाजमा बेहोर्नुपर्ने क्षति, अपराधबाट समाजलाई पुग्न जाने असर तथा अपराधलाई निरूत्साहित गर्न राज्यले निर्वाह गर्नुपर्ने नियन्त्रणकारी भूमिकासमेतलाई मध्यनजर गरी प्रमाणको भार (Burden of proof) आरोपित पक्षलाई नै सार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9332वि.सं. २०७२संयुक्त इजलास

जालसाजी

वादीको हक लाइग्ने जग्गामा प्रतिवादीले मोहियानी हकको प्रमाणपत्र जालसाज क्रियाबाट तयार गरेको देखिँदा किर्ते कागजको ३ नं. को कसुरमा ऐ. १० नं. बमोजिम प्रतिवादीलाई रू.१००।- जरिवाना गरेको सुरू फैसला उल्टी गरी वादी दावी पुग्‍न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालतको फैसल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9331वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण

§ कारोबार लिखत हुँदा ऋणीले वा उसको लागि सम्पत्ति सुरक्षणबापत दिनेले जुन वतन देखाउँछ अन्यथा वतन हो भनी धनी सूचित नभएको अवस्थामा त्यही वतनमा म्याद तामेल भएकोलाई रीतपूर्वक कै मान्नुपर्ने हुन्छ । सूचना म्यादमा गलत वतन देखाई तामेल भयो भन्ने निवेदकको भनाइसँग सहमत हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9330वि.सं. २०७२संयुक्त इजलास

अंश

§ वादी सन्तरामले मिति २०५९।८।१८ मा सुरू अदालतमा गरेको कागजमा आमा सूर्यमती जीवित नै रहेको भनी स्पष्‍ट उल्लेख गरेको अवस्थामा मिसिलबाटसमेत देखिन आएको सरोकारवाला (अंशियार) व्यक्ति निज सूर्यमतीलाई बुझी इन्साफ गर्नुपर्नेमा नबुझी अदालतले आफ्नो जिम्मेवारी वहन नगर्ने,…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9329वि.सं. २०७२संयुक्त इजलास

ठगी

§ कुनै एक पक्षले मात्र दोहोरो सुविधा पाउने गरी फैसला हुनु न्यायसङ्गत हुने नदेखिएकाले सो बिगो भराइदिनुपर्ने अवस्था नहुँदा जग्गा फिर्ता भैसकेको अवस्थामा हकवालालाई बिगो भराइदिने ठहराएको र बिगोको दामासाहीले जरिवाना गर्नुपर्नेमा जनही बिगोबमोजिम जरिवाना हुने ठहराएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9328वि.सं. २०७२संयुक्त इजलास

वन पैदावार नोक्सान

पुनरावेदन गर्न पाउने हक कानूनी हक भएकाले मुद्दाका सम्बन्धित पक्षलाई कानूनबमोजिम पुनरावेदन गर्नु भनी कुनै पनि माध्यमबाट जारी गरिएको म्याद सम्बन्धित पक्षले प्राप्त गरेको छ भने सोही मितिबाट पुनरावेदन गर्ने म्याद सुरू हुन्छ । म्याद जारी नगरिएको अवस्थामा सम्बन्धित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9327वि.सं. २०७२संयुक्त इजलास

कर्तव्य ज्यान

§ वारदातमा यी प्रतिवादी र मृतकबीच पूर्व रिसइबि रहेको वा मृतकलाई जोखिमी हतियारले प्रहार गरी जानीजानी मनसायपूर्वक कर्तव्य गरी मारेको अवस्था देखिँदैन । मृतकलाई यी प्रतिवादीले सम्झाउन खोज्दा उल्टै निहुँ खोजी प्रतिवादीलाई नै मृतकले कुट्न खोजेकाले उसै मौकामा रिस उठी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9326वि.सं. २०७२संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ अदालतको आदेशलाई छल्ने वा कुनै किसिमले प्रभावहीन गराउने नियतले अदालतलाई झुठो जवाफ दिने कार्य अनुचित र पदीय कर्तव्य र दायित्वबाहिरको कुरा भएको र यस्तो झुट्ठा र असत्य जवाफ दिने अधिकारीलाई अदालतले अदालतको अवहेलनामा सजाय गर्न वा विभागीय कारवाहीको लागि सम्बन्धित स…

नजिर सार पढ्नुहोस् →