नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9347 · वि.सं. २०७२
नि.नं. 9347 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूननले नै अख्तियारवालाले प्रतिवादको मौका नदिई सजाय दिनुपूर्व नै प्रतिवादको मौका नदिनु पर्ने कारण खोली पर्चा खडा गरी राख्नुपर्ने अनि मात्र सजाय गर्नुपर्ने भनी अनिवार्य कार्यविधि तोकेकामा पहिले नै सजाय गर्ने अनि मात्र प्रतिवादको मौका दिन नपर्ने भनी पर्चा खडा गरिएकोबाट निवेदकलाई नोकरीबाट हटाउने गरेको कारवाही कानून अनुरूप भएको देखिन नआउने । (प्रकरण नं.७) कानूनबमोजिम रीत नपुगी घर बिदाको दरखास्त पेस भएको भए पनि सो माग गरेको घर बिदा अस्वीकृत भएको भन्ने कुराको जानकारी निवेदकलाई दिनु बिदा दिने अधिकारीको कानूनी दायित्व हो । कानूनले यो दायित्व बिदा दिने वा नदिने अधिकारीलाई नै तोकेको छ । तर, सो दायित्व सम्बन्धित बिदा दिने अधिकारीले पालन गरेको भने देखिएन । माग गरेको बिदा अस्वीकृत भएको जानकारी नै नपाएको अवस्थामा बिदा स्वीकृत भएकै होला भनी निवेदकले गराइ रहेको उपचारलाई निरन्तरता दिनु स्वभाविककै हुन्छ । यस्तो अवस्थामा निवेदक गैह्रहाजिर रहेको भनी सेवाबाट हटाउने गरी भएको निर्णय न्यायोचित हुँदैन । (प्रकरण नं.९) गलत वतन फरक वडामा सूचना पठाएको र तामेल नभएको म्याद सूचनाको आधारबाट निवेदक फेला नपरेको वा भागी पत्ता नलागेको भन्न सकिने अवस्था हुँदैन । गलत वतनमा तामेल भएको सूचना निवेदकले प्राप्त गरे भन्न नमिल्ने हुँदा सूचना अनुरूप निवेदक कार्यालयमा हाजिर हुन आएन भन्न मिल्ने देखिन नआउने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9347 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2071/09/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०६५-WO-००६२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9347 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
