नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9329 · वि.सं. २०७२

नि.नं. 9329 — ठगी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै एक पक्षले मात्र दोहोरो सुविधा पाउने गरी फैसला हुनु न्यायसङ्गत हुने नदेखिएकाले सो बिगो भराइदिनुपर्ने अवस्था नहुँदा जग्गा फिर्ता भैसकेको अवस्थामा हकवालालाई बिगो भराइदिने ठहराएको र बिगोको दामासाहीले जरिवाना गर्नुपर्नेमा जनही बिगोबमोजिम जरिवाना हुने ठहराएको हदसम्मको फैसला मिलेको देखिन नआउने । (प्रकरण नं. २) § मुलुकी ऐन, ठगीको महलको १ र २ नं.मा आफ्नो हक नपुग्ने अर्काको चलअचल धनमाल मेरो हो, मेरो भएको छ भनी लिखत गरी वा नगरी बिक्री व्यवहार गरेको ठगी गरेको ठहर्छ भनी उल्लेख भएको हुँदा प्रस्तुत मुद्दा ठगीको परिभाषाभित्र पर्दैन भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9329
मुद्दाको विषयठगी
निर्णय वर्ष / मिति2071/09/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
मुद्दा नं.०६७-CR-०१३७
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9329
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्