नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9348 · वि.सं. २०७२

नि.नं. 9348 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

लिखतमा ऋणीलाई ऋणको रकम बुझाउन भाखा दिएकामा सो अवधिसम्म धनीले ऋणीलाई रकम नमाग्ने वाचा गरेकोसम्म हो । तर सो अवधिभित्र धनीलाई रकमको आवश्यकता पर्‍यो भने आफ्नो रकम माग्नै नहुने भनी प्रतिबन्धित गर्ने र त्यसरी मागेमा थैली भुस हुनेकुरा गर्नु न्यायोचित नहुने । मुद्दा गर्ने हदम्याद रहेसम्म साहुको नालेस गर्ने हक रहन्छ । भाखाभित्रै धनीले ऋणमा लगानी गरेको रकममा ऋणीलाई कचकच गर्न नहुने भन्नेसम्म कुरामा भाखाको अवधि समाप्त हुनुपूर्व नालेस परेकामा ऋणमा लगानी गरेको रकममा साहुको हक नै नहुने आसामीले ऋण तिर्नै नपर्ने भन्ने होइन । साहुले ऋणमा लगानी गरेको रकममा लगानी गरेको मितिबाट कानूनले हदम्याद नसकिएको अवस्थासम्म हक रहिरहेको हुन्छ । लिखतको भाखापूर्व धनीको हक नपुग्ने, नालेस गर्न नपाइने, नालेस गरेमा लिखतको रकम ऋणीले बुझाउनु नपर्ने र थैली भुस हुने अर्थ लगाउन मिल्ने नदेखिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9348
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2071/10/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६७-CI-११८२
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9348
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्