नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9330 · वि.सं. २०७२

नि.नं. 9330 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी सन्तरामले मिति २०५९।८।१८ मा सुरू अदालतमा गरेको कागजमा आमा सूर्यमती जीवित नै रहेको भनी स्पष्‍ट उल्लेख गरेको अवस्थामा मिसिलबाटसमेत देखिन आएको सरोकारवाला (अंशियार) व्यक्ति निज सूर्यमतीलाई बुझी इन्साफ गर्नुपर्नेमा नबुझी अदालतले आफ्नो जिम्मेवारी वहन नगर्ने, नाता सम्बन्धको निर्णायक प्रमाण नबुझ्ने अनि फिरादपत्रका कमी कमजोरीमात्र देखाई सो आधारमा नकारात्मक धारणा बनाई नाता सम्बन्ध जस्तो व्यक्तिको स्थिति (Status) मा नै प्रभाव पर्ने गरी फैसला गर्ने कार्यलाई न्यायिक जिम्मेवारी बोधको अभाव भन्नुपर्छ । यसमा पुनरावेदन र सुरू अदालतका न्यायकर्ताबाट गम्भीर लापरवाही भएको मान्नुपर्ने । (प्रकरण नं. १०) § आफू काशीरामको एक मात्र छोरा भनी प्रतिवादीले नितान्त झुट्ठा कुरा गरेको अवस्थामा प्रतिवादीको अरू कथनमा विश्वास गर्न यो इजलासलाई असजिलो भएको छ । राजकुमारका दाजु रामलखन के भए त, निजको विवाह भयो भएन, निजबाट सन्तान जन्म्यो जन्मेन जस्ता यावत कुरालाई प्रतिवादीले लुकाउन दबाउन खोजेको स्थिति छ भने अर्कोतिर वादी आफू निजै रामलखनको छोरा भएको भनेर सरजमिन र मतदाता नामावलीलगायतका निश्चयात्मक प्रमाणका साथ उपस्थित भएको स्थिति विद्यमान छ । प्रतिवादीको भ्रामक अनि ठाउँठाउँमा शृङ्खलाको कडी खुस्केको निजको सन्देहास्पद अभिकथनलाई आधार बनाई वादीलाई बाबु आमाको अत्तोपत्तो नभएको अवैध व्यक्ति भन्नु कदापि मनासिब नहुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9330
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2071/10/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बै | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मुद्दा नं.०६७-CI-०१७७
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9330
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्