नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9328 · वि.सं. २०७२

नि.नं. 9328 — वन पैदावार नोक्सान

सिद्धान्त / नजिर सार (Headnote Summary)

पुनरावेदन गर्न पाउने हक कानूनी हक भएकाले मुद्दाका सम्बन्धित पक्षलाई कानूनबमोजिम पुनरावेदन गर्नु भनी कुनै पनि माध्यमबाट जारी गरिएको म्याद सम्बन्धित पक्षले प्राप्त गरेको छ भने सोही मितिबाट पुनरावेदन गर्ने म्याद सुरू हुन्छ । म्याद जारी नगरिएको अवस्थामा सम्बन्धित पक्षले अर्को माध्यमद्वारा फैसलाको नक्कल लिएको छ भने सो नक्कल लिएको मितिबाट पुनरावेदन म्याद सुरू हुने हुँदा पक्षले पहिला कुन माध्यमबाट जानकारी पाएको छ त्यो बाट नै पुनरावेदन गर्ने दिनको गणना हुने हो । पुनरावेदन गर्ने म्याद प्राप्त भएपछि नक्कल लिएको मितिलाई आधिकारिक मान्ने हो भने पुनरावेदनको म्याद जारी गर्नुको कुनै औचित्य नै नरहने र कानूनमा भएको पुनरावेदनसम्बन्धी कानूनी व्यवस्था नै पराजित हुन जाने हुँदा पक्षले जुन माध्यमबाट पहिला जानकारी प्राप्त गरेको छ । सो मितिबाट नै पुनरावेदनको म्याद सुरू हुने हो तर फैसलाको आधिकारिक जानकारी प्राप्त गरेपश्चात् पुनः फैसलाको नक्कल लिई पुनरावेदनको म्याद कायम गरी दायर हुन आएको वादी नेपाल सरकारको पुनरावेदन कानूनसम्मत देखिन नआउने । (प्रकरण नं. ५) बरामद भएका काठहरू जिल्ला वन कार्यालय, बाँकेबाट प्राप्त छोडपुर्जीबाहेक अन्य कहिं कतैबाट लोड गरिएको कुनै प्रकारको टाँचा लागेको भन्ने देखिएको छैन । तसर्थ बरामद भएका काठहरू यी प्रतिवादीहरूले व.वि. टाँचासमेत लगाई पठाएका काठबाहेकको काठ हो भनी तर्क गर्न मिल्ने देखिन नआउने । (प्रकरण नं. ९) § ९४४.२६ क्यु. फिट काठको छोडपुर्जी अनुसार सोही परिमाणमा सिमित रही बिक्री टाँचा लगाई पठाउनुपर्नेमा १४२१ क्यु. फिट भन्दा बढी काठमा टाँचा लगाई ४७६.७४ क्यु. फिट भन्दा बढी हिसाब लुकाई नियतवश वन पैदावारको हानि नोक्सानी गरेको तथ्यमा विवाद भएन । यस्तो स्थितिमा कर्मचारी भएको नाताले वन ऐन, २०४९ को दफा ४९ को कसुरमा कारवाही हुन नसक्ने भन्ने पुनरावेदक प्रतिवादीहरूको जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9328
मुद्दाको विषयवन पैदावार नोक्सान
निर्णय वर्ष / मिति2070/10/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
मुद्दा नं.०६६-CR-००९१
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9328
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्