नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9333 · वि.सं. २०७२

नि.नं. 9333 — मानव बेचबिखन तथा ओसार पसार

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कतिपय सङ्‍‌गिन प्रकृतिका फौजदारी अपराधमा पीडितले समाजमा बेहोर्नुपर्ने क्षति, अपराधबाट समाजलाई पुग्न जाने असर तथा अपराधलाई निरूत्साहित गर्न राज्यले निर्वाह गर्नुपर्ने नियन्त्रणकारी भूमिकासमेतलाई मध्यनजर गरी प्रमाणको भार (Burden of proof) आरोपित पक्षलाई नै सार्ने गरी कठोर कानूनी व्यवस्था गर्नुपरेको हो । अपराधमा संलग्न पक्ष पेशेवर हुन सक्ने र अपराध बडो योजनाबद्ध एवम् सङ्गठीत तरिकाले हुन सक्ने र कतिपय सङ्गठित आपराधिक समूहको संलग्नतामा समेत अपराध हुन सक्ने भएकाले अपराधमा संलग्न पक्ष नै पहिचान गर्न कठिन हुन सक्ने परिस्थितिको आँकलन गरेर नैं विधायिकाले कानूनको निर्माण गरेको हो । प्रमाण सङ्कलनका क्रममा हुन सक्ने कतिपय कमजोरीको फाइदा अपराध गर्ने पक्षलाई नैं नपुगोस् भन्ने नै विधायिकी मनसाय हुने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9333
मुद्दाको विषयमानव बेचबिखन तथा ओसार पसार
निर्णय वर्ष / मिति2071/07/10
अदालत / इजलाससंयुक्त इजलास
मुद्दा नं.०६७-CR-११००
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9333
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्