नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9327 · वि.सं. २०७२
नि.नं. 9327 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वारदातमा यी प्रतिवादी र मृतकबीच पूर्व रिसइबि रहेको वा मृतकलाई जोखिमी हतियारले प्रहार गरी जानीजानी मनसायपूर्वक कर्तव्य गरी मारेको अवस्था देखिँदैन । मृतकलाई यी प्रतिवादीले सम्झाउन खोज्दा उल्टै निहुँ खोजी प्रतिवादीलाई नै मृतकले कुट्न खोजेकाले उसै मौकामा रिस उठी प्रतिवादीले हातले मृतकलाई धकेलिदिँदा मृतकको टाउको टेबलमा ठोक्किन पुगी चोट लागी निजको मृत्यु भएको अवस्था देखिन आएकाले प्रस्तुत वारदातमा ज्यानसम्बन्धीको महलको १३ (३) नं आकर्षित हुने न भै ऐ महलको १४ नं. मा वर्णित आवेश प्रेरित हत्याअन्तर्गतको देखिन आउने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9327 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2071/10/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा |
| मुद्दा नं. | ०६८-CR-०३०२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9327 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
