नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9334 · वि.सं. २०७२
नि.नं. 9334 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
आत्मरक्षाको अधिकारको दावीगर्दाका बखत वारदातको समयमा शक्तिको प्रयोग अनिवार्य भएको तथ्य दावी गर्ने पक्षले नै स्थापित गर्न सक्नुपर्दछ । त्यस्तो शक्तिको प्रयोग अनिवार्य रहेको तथ्य नै स्थापित नगरी केवल आपराधिक दायित्वबाट बच्ने मनसायले लिएको जिकिरले कानूनीरूपमा पक्षलाई सहयोग गर्न सक्तैन । (प्रकरण नं.२) प्रतिवादीहरू सुनिल श्रेष्ठ र किरण मोक्तान वारदातमा संलग्न रहेको भनी अदालतसमक्ष लेखाइ नदिएको अवस्थामा वारदातमा अभियुक्तद्वयको संलग्नता रहेको मान्न सकिएन । स्वतन्त्र सबुद प्रमाणहरूबाट अभियुक्तद्वय विरूद्धको अभियोग दावी पुष्टि भएको नदेखिँदा नेपाल सरकारको पुनरावेदन जिकिरकै आधारमा प्रतिवादीहरू सुनिल श्रेष्ठ र किरण मोक्तानलाई वारदातमा संलग्न रहेको मानी सजाय गर्न मिल्ने देखिएन । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9334 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2071/08/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०६८-CR-००२९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9334 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
