नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9349 · वि.सं. २०७२
नि.नं. 9349 — लागुऔषध
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीलाई पटकमा सजाय गर्न त्यस्तो अपराध भई अदालतबाट सजाय पाइसकेको हुनपर्ने अनिवार्य सर्तको रहेको देखिन्छ । एकै व्यक्तिउपर फरक वारदातमा एकै अदालतमा फरकफरक अभियोग दायर भई एकैदिन फैसला भएको अवस्थामा कुन वारदातको अभियोगमा पटक कायम गर्ने हो भन्ने कुरा कानूनले स्पष्ट गर्न सकेको पनि पाइँदैन भने सबै वारदातको कसुरमा सजाय थप गरी सजाय गर्न पनि मिल्ने देखिँदैन । पटक कायम गरी सजाय गर्न एकपटक उक्त ऐन अन्तर्गतको अपराधमा सजाय पाइसकेको भन्ने स्पष्ट कानूनी व्यवस्था गरी रहेकामा यी प्रतिवादीहरूलाई भिन्नभिन्न वारदातमा भिन्नभिन्न सजायको मागदावी लिई अभियोग दायर भई सबै अभियोगमा एकै पटक फैसला भएकै आधारमा पटक कायम गरी सजाय गर्न मिल्ने नदेखिने । (प्रकरण नं.२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9349 |
|---|---|
| मुद्दाको विषय | लागुऔषध |
| निर्णय वर्ष / मिति | 2071/09/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०६८-CR-११५० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9349 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
