नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9336 · वि.सं. २०७२
नि.नं. 9336 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनको निर्माण केवल औपचारिकताका लागि मात्र नभै निश्चित उद्देश्यका लागि पालना होस भनी गरिएको हुन्छ । कुनै विषयका सम्बन्धमा कानूनको निर्माण गरिएकोमा सोसम्बन्धी काम कारवाहीमा सो कानूनको पालना नगरिएमा सो कार्यले वैधता प्राप्त गर्न सक्तैन । व्यक्तिको वैयक्तिक स्तन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने फौजदारी कानूनको कार्यान्वयन गर्दा झन बढी सचेत रही कानूनको अक्षरशः पालना गर्नुपर्ने हुन्छ । उक्त मान्यता सारवान् कानूनको हकमा मात्र नभई कार्यविधि कानूनको हकमा पनि उत्तिकै लागू हुन्छ । कुनै पनि व्यक्तिका विरूद्धमा कसुर अपराध ठहर गर्दा र सजाय तोक्दा कानूनले निर्धारण गरेको व्यवस्थाको अक्षरशः पालना गर्नु आवश्यक हुन्छ । जुन कुरा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ को हकमा पनि उत्तिकैरूपमा लागू हुने । (प्रकरण नं. ५) कानूनबमोजिम बाहेक वा कानूनको उचित प्रक्रिया पूरा नगरी कसैको पनि वैयक्तिक स्वतन्त्रतामा अङ्कुश लगाउन वा अपहरण गर्न पाइँदैन । अनिवार्यरूपमा पालना गर्नुपर्ने प्रक्रियाको पालना नगरी वैयक्तिक स्वतन्त्रतामाथि लगाइएको अङ्कुशले कानूनी वैधता प्राप्त गर्न नसक्ने । वैयक्तिक स्वतन्त्रताले कानूनले निर्धारण गरेको प्रक्रियाको अनुशरण नगरी गरिएको गिरफ्तारी, थुना वा शक्तिको प्रयोगलाई मान्यता दिँदैन । व्यक्तिको त्यस्तो सारभूत अधिकारबाट वञ्चित गर्दा कानूनले तोकेको उचित प्रक्रियाको अनिवार्यरूपमा अनुशरण गर्नुपर्ने हुन्छ। कानूनको प्रक्रिया पूरा नगरी कुनै पनि व्यक्तिको स्वतन्त्रताको अपहरण भएमा गैरकानूनी बन्दीको सिर्जना हुन जाने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9336 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2071/09/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री चोलेन्द्र शम्शेर जबरा |
| मुद्दा नं. | ०७१-WH-००४० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9336 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
