नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9341 · वि.सं. २०७२

नि.नं. 9341 — बहुविवाह ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

श्रीमतीले अंश लिई भिन्न भई बसेको अवस्थामा लोग्नेले अर्को विवाह गर्न पाउने भए पनि अंश लिई छुट्टिभिन्न हुनुअघि नै अर्को विवाह गर्न पाउने छुट कानूनले प्रदान गरेको छैन । अर्को विवाह गरिसकेपछि अंश मुद्दा दिएको वा अंश प्राप्त गरेका कारणले पहिलो श्रीमती छुट्टिभिन्न नहुँदै अर्को विवाह गर्नेले बहुविवाहको कसुरबाट उन्मुक्ति पाउन नसक्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9341
मुद्दाको विषयबहुविवाह ।
निर्णय वर्ष / मिति2071/01/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
मुद्दा नं.०६७-CR-०१७७ | ०६७-CR-०७९२
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9341
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्