सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २०१ नजिर अभिलेखमध्ये पृष्ठ ७ / ९

नि.नं. 9374वि.सं. २०७२संयुक्त इजलास

भ्रष्टाचार (सरकारी रकम हिनामिना)

कार्यालयका पदाधिकारीले जब मन लाग्यो जसरी मन लाग्यो काम गर्ने होइन । कार्यालयमा हुने कामकारवाही एउटा पद्दति र प्रचलनमा आधारित हुन्छ । प्रत्येक कामको कार्यालयमा अभिलेख रहने । (प्रकरण नं.२२) कुनै योजनाको कामको कार्यालय आफैँले अनुगमन र निरीक्षण गर्न सक्तैन भन्ने द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9373वि.सं. २०७२संयुक्त इजलास

परमादेश

स्वास्थ्य सेवा जस्तो संवेदनशील र अत्यावश्यकीय सेवाअन्तर्गतको कर्मचारी भएको देखिन्छ । निवेदक कर्मचारीले सरकारले खटाएको कार्यालयमा गई स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा सरूवा भएको करिब तीन महिनासम्ममा पनि बरबुझारथ नगरी स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवामा आलटा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9372वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण / परमादेश

साधारण क्षेत्राधिकारको अवलम्बन गर्ने सिलसिलामा भएका त्रुटिलाई सच्याउन कानूनबमोजिमको मार्ग नभएमा वा कानूनले अवरूद्ध गरेमा त्यसलाई असाधारण अधिकारको दुहाई माग्दै कोही अदालतमा शरण पर्दछ भने अदालतले शरणको मरण गर्दैन । त्यस्ता प्रत्यक्ष त्रुटिपूर्ण कार्य गर्नबाट रोक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9371वि.सं. २०७२संयुक्त इजलास

निर्णय दर्ता बदर दर्ता हक कायम

कुनैपनि जग्गासम्बन्धी मुद्दाको विवादमा हकदैया, हदम्याद र हकको स्रोतको विवेचना हुन जरूरी हुन्छ । आयकर अदालतको कार्यबाट कुनै जग्गामा कसको हक पुगेको छ छैन भनी हेरिने कार्य हुन नसक्ने । आफ्नो हक कायम भएको जग्गा हो र त्यस्तो जग्गा अरू कसैले दर्ता गराएको रहेछ भने जग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9370वि.सं. २०७२संयुक्त इजलास

प्रतिषेध / उत्प्रेषण / परमादेश

आर्थिक प्रस्ताव एउटा मात्र खोलिने भन्दैमा त्यो खोलिएको आर्थिक प्रस्ताव नेपाल सरकारले स्वीकार गर्नु नै पर्छ भन्ने होइन, अपितु सम्झौता हुँदा निजी लगानीसम्बन्धी ऐन, २०६३ को दफा १४ ले खोलिनु पर्ने भनी उल्लेख गरेका कुराहरूमा सर्वसाधारणको हितमा नभए सरकारले सम्झौता ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9369वि.सं. २०७२संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

सामान्यतया नेपाली नागरिकले आफ्नो मौलिक हक र साम्पत्तिक हक जीवनको उत्तरार्धमा मात्र भोग गर्ने नभई कतिपय मौलिक हक जन्मेदेखि नै तथा बालिग भएपछि अझ सक्रिय भई उपभोग गर्ने गरेको पाइने । (प्रकरण नं.४) फैसला कार्यान्वयनको कुरामा निर्विवाद शङ्कारहित प्रमाणको मापदण्ड ग्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9368वि.सं. २०७२संयुक्त इजलास

करारबमोजिम गरिपाउँ

मुद्दा गर्नुपर्ने कारण परेको भनी वादीले देखाएको मितिलाई आधार मान्नुपर्ने करार सम्झौताबाट देखिएको अवस्थामा वादीले ऐनका म्यादभित्रै सम्बन्धित अदालतमा फिराद दर्ता गराएको देखिएकाले हदम्याद नाघी दायर भएको भनी पुनरावेदक प्रतिवादीले लिएको जिकिरसँग सहमत हुन नसकिने । (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9367वि.सं. २०७२संयुक्त इजलास

परमादेश

राज्यको निकायसँग सम्बन्धित अधिकारीहरूको कर्तव्य नागरिकको जिउ ज्यानको संरक्षण गर्नुपर्ने हुन आउँछ, तसर्थ जो रक्षक उही भक्षक किमार्थ बन्न सक्दैन । कुनै व्यक्ति किन मारियो त्यसको अनुसन्धान गर्ने तथा खोजविन गर्ने दायित्व राज्यको हो र बिना कारण निहत्था मानिसको हत्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9366वि.सं. २०७२संयुक्त इजलास

गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

आय र व्ययको हिसाब गर्दा विभिन्न घरायसी व्यवहार, सम्पत्तिको व्यक्तिगत लेखा जोखा राख्नुपर्ने दायित्वयुक्त व्यवस्था सुरूदेखि नै नरहेको जस्ता कारक तत्त्वहरूलाई बिर्सेर निरपेक्षरूपले आय व्ययको निर्धारण गर्नु न्यायोचित मान्न नसकिने हुँदा कतिपय अवस्थामा न्यायोचित अनु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9365वि.सं. २०७२संयुक्त इजलास

कर्तव्य ज्यान

आधार र कारण बेगर नै राज्यले लिएको दण्ड नीतिकै विपरीत हुने गरी अ.ब.१८८ नं. बमोजिम सजाय घटाउँदै जाने प्रवृत्तिले न त पीडितको भावनामा पुग्न गएको चोटलाई कम गर्न नै मद्दत गर्छ न त दण्डहीनताको स्थितिमा कमी ल्याउनमा नै मद्दत गर्छ । यस्तो विषयमा न्यायकर्ता सधैँ होसिया…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9364वि.सं. २०७२संयुक्त इजलास

परमादेश

हुनुपर्छ । परापूर्वदेखि चलिआएको धार्मिक आस्था एवम्‌ मान्यतामाथि चोट पुग्नेगरी अन्यथा निर्णय गर्नुपनि मनासिब हुने देखिन्न । पूजा गर्दा विशेष पूजाको सामग्रीले असङ्गत प्रवेश पाउने र सामान्य पूजाले भने पशुपतिनाथको मूर्ति रहेको स्थलमा प्रवेश नपाई ढोका बाहिर नै थन्क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9363वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण / परमादेश

सडक सीमाभित्र जुनसुकै प्रकारले जो कसैले निर्माण गरेको वा भोग गरेको कारणबाट त्यस्तो जग्गामा कसैको कानूनी हक सिर्जना हुन नसक्ने । (प्रकरण नं.३) सडक विभागबाट सम्बन्धित निकायहरूमा पत्राचारसमेत भइसकेको अवस्थामा सो मापदण्डको प्रतिकूल हुने गरी घर पर्खाल निर्माण गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9362वि.सं. २०७२संयुक्त इजलास

बन्डा मुचुल्का बदर

फैसला कार्यान्वयनबाट सिर्जित परिणामलाई सम्बन्धित पक्षले स्वीकार गरी त्यस्तो कार्यान्वयनको परिणामको अंशसमेत आफूले प्राप्त गरेपछि स्वीकार गरिएको पूर्व परिणामलाई पछि अस्वीकार गरी दाबी गर्न नमिल्ने । (प्रकरण नं.६) एकपटक आफूले स्वीकार गरी त्यसबाट फाइदा लिई सकेपछि स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9361वि.सं. २०७२संयुक्त इजलास

गोली हानी गैंडा घाइते पारेको ।

गोली हानी गैंडा घाइते पारेको

अपराधको प्रकृति, कसुरदारको संलग्नता, कसुरको गाम्भीर्यतालगायतका कसुरसँग सम्बन्धित विभिन्न सन्दर्भहरूलाई विचारै नगरी कसुरमा संलग्न कुनै पनि अभियुक्तलाई यान्त्रिकरूपमा न्यूनतम् वा अधिकतम् सजाय गर्ने भन्ने विधायिकाको मनसाय होइन । विधायिकाले निश्चित सजायको मात्रा उ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9360वि.सं. २०७२संयुक्त इजलास

भ्रष्टाचार ।

भ्रष्टाचार

भ्रष्टाचारजन्य कसुर स्थापित हुनको लागि प्रतिवादीले आफू वा अरू कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याएको भन्ने कुरा प्रत्यक्ष, सार्थक र निश्चयात्मक प्रमाणबाट शङ्कारहित तवरले पुष्टि भएको हुनुपर्ने । प्रमाण ऐन, २०३१ को दफा २५ को कानूनी व्यवस्थाअनुसार फौजदारी कसुरस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9359वि.सं. २०७२पूर्ण इजलास

अंशचलन ।

अंशचलन

जीयजीय भन्नाले अंशबन्डा नभएको भए सबै अंशियार बीच अंशबन्डाको महलको २ नं. अनुरूप बराबर अंश लाग्ने हुन्छ । एकै सगोल परिवारमध्येमा पनि केही अंशियारले मिलापत्र गरी वा अन्य कुनै व्यहोराबाट अंश लिएको वा पाएको भए वा छोडपत्र गरेको भएमा कानूनले त्यस्तो व्यक्ति अंशियारले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9358वि.सं. २०७२विशेष इजलास

उत्प्रेषण / परमादेश

राजप्रासाद सेवा खारेज गर्ने, तर कर्मचारीहरूलाई निजामती सेवाको अङ्ग बनाउने घोषणा गर्नुले सो समूहका कर्मचारीलाई निजामती सेवामा हार्दिकतापूर्वक गाभ्ने उक्त घोषणाको उद्देश्य रहेको देखिने । (प्रकरण नं.५) कानूनको दृष्टिमा समानता र कानूनको समान संरक्षणको प्रत्याभूतिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9357वि.सं. २०७२विशेष इजलास

उत्प्रेषण

बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा भएको निक्षेप रकम, ती संस्थाहरूले आर्जन गरेको मुनाफा, आपसी प्रतिस्पर्धा, राष्ट्र बैंकको निर्देशन, देशको अर्थतन्त्रको अवस्थासमेतका आधारमा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप सङ्कलनमा दिने ब्याजदर र कर्जा लगानीमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9356वि.सं. २०७२संयुक्त इजलास

कर्तव्य ज्यान

मुलुकी ऐन, दण्ड सजायको महलको ८ नं. ले एकै जनाले धेरै पटक सर्वस्वसहित जन्मकैद वा अरू कुनै सजाय हुने खत गरेको भएपनि कुनै खतमा सर्वस्वसहित जन्मकैद र जन्मकैदमध्ये ठूलो सजाय भएपछि अरू सानो सजाय हुने खत खापिदैन भन्ने कानूनी व्यवस्था भएबाट सुरूले दावीको ज्यान मार्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9355वि.सं. २०७२संयुक्त इजलास

लेनदेन

कपाली तमसुकका धनी र राजिनामा लिखतका धनी (खरिदकर्ता) फरकफरक व्यक्ति रहेको अवस्थामा दुवै लिखतको अन्तरसम्बन्ध रहेको छ भनी विश्वास गर्न सकिने अवस्था नहुँदा अलगअलगरूपमा तयार भएको कपाली तमसुक र राजिनामा लिखतको आ-आफ्नै अस्तित्वलाई एकअर्कासँग जोडेर कुनै प्रमाण तथा कान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9354वि.सं. २०७२संयुक्त इजलास

कर्तव्य ज्यान

प्रतिवादीकै मनसाययुक्त जानाजानको reckless and willful उक्साहटले प्रस्तुत वारदात निर्माणमा प्रमुख भूमिका खेलेको हुँदा उक्त कार्यको दायित्वबाट प्रतिवादीलाई उन्मुक्ति दिँदा अपराधीलाई सजाय गर्ने फौजदारी न्यायशास्त्रको उद्देश्य पराजित हुनेहुँदा मृतकको जीवनलीला समाप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9353वि.सं. २०७२संयुक्त इजलास

जिउनी जग्गामा हक कायम

अंश र अपुताली फरकफरक प्रयोजनका लागि व्यवस्थित साम्पत्तिक अधिकार भएको हुँदा पहिले अंश लिएको आधारमा अपुतालीको २ नं. अनुसार सबै हकवालाले समानरूपमा प्राप्त गर्न सक्ने अपुताली हकबाट अंशियारको रूपमा रहेका कुनैपनि हकवालालाई बञ्चित गर्न मिल्ने नदेखिने । (प्रकरण नं.५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 9352वि.सं. २०७२संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

सहअभियुक्तको पोललाई प्रमाणको रूपमा लिन मिल्ने नमिल्ने सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ३८ को साक्षी हुन सक्ने व्यक्तिमा मतियारलगायत जुनसुकै व्यक्ति साक्षी हुन सक्ने भनी उल्लेख गरिएको हुँदा सहअभियुक्तको पोललाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिने । वारदातसँग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9351वि.सं. २०७२संयुक्त इजलास

अंश चलन ।

अंश चलन

मुद्दा पर्नुअघिसम्म यी वादी प्रतिवादी सगोलमै रहेको अवस्था भएको र वादीको समेत प्रयासबाट छोरीबाट बकस पाएको जग्गामा घरसमेत बनाई सगोलमै बसी अएको अवस्था देखिँदा त्यस्तो सम्पत्ति प्रतिवादीहरूको मात्र अर्जनको हो भन्ने मानी प्रतिवादी जिकिरसित सहमत भई वादीलाई अंश जस्तो…

नजिर सार पढ्नुहोस् →